- सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । नेपाल नेत्र ज्योति संघ धनकुटाले जिल्ला अस्पताललाई ५० थान व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) प्रदान गरेको छ । उपचारमा खटिने स्वास्थ्यकर्मीहरुका लागि नेत्र ज्योति संघले पीपीई दिएको हो ।

Advertisement

नेत्र ज्योति संघका सचिव देवबहादुर खड्का, कोषाध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ, सदस्यहरु ऋषिराम ढुंगाना, विजयसन्तोषी राई, लिलानाथ मिश्र लगायतले जिल्ला अस्पतालका प्रमुख डा.पुजन विश्वकर्मालाई पीपीई सेट हस्तान्तरण गरेका हुन् ।

महामारीका बेला कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई सुरक्षित भएर सेवा प्रदान गर्न सहयोग र हौसला प्रदान गर्ने उद्धेश्यले पीपीई सेट प्रदान गरिएको नेत्र ज्योती संघका कार्यकारी समिति सदस्य ऋषिराम ढुगांनाले बताए । ‘स्वास्थ्यकर्मीहरुलाई सुरक्षित राख्न र उपचारमा खटिने हौसला प्रदान गर्न हामीले जिल्लाभरका स्वास्थ्य सस्थाहरुलाई १७८ थान पीपीई प्रदान गर्ने तयारी गरेका छौं,’ ढुंगानाले भने, ‘जिल्ला अस्पताललाई ५० थान दियौं, वाँकी सबै पालिकाका स्वास्थ्य सस्थाहरुलाई पनि दिन्छौं ।’

महालक्ष्मी नगरपालिका, पाख्रीबास नगरपालिका, सहिदभूमि गाँउपालिका, छथरजोरपाटी गाँउपालिका, साँगुरीगढी गाउँपालिका र चौविसे गाँउपालिकालाई पनि १०/१० थान पीपीई प्रदान गरिने भएको छ । पालिका स्तरीय अति प्रभाबित क्षेत्र छ नं. बुधबारे, मुढेबास, कुरुले, मोनाबुधुक, बुढीमोरङका दुई, आहाले, छिन्ताङ्ग, खोकु, आँखिसल्ला, सिधुवा, लेगुवा, डाँडागाउँ, चानुवा, मारेकटहरे, बेलहारा र सान्ताङ्गको स्वास्थ्य सस्थालाई पनि ४/४ थान पीपीई प्रदान गरिने नेत्र ज्योती संघका सदस्य ढुंगानाले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!