- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बाँझोपनको उपचार र कृत्रिम गर्भाधान सेवा सुरु गरेको छ । निःसन्तान दम्पतीलाई उपचार गरी सन्तान हुँने बनाउँन र कृत्रिम गर्भाधान गरी बच्चा जन्माउँन आइभीएफ सेन्टर सञ्चालन गरिएको हो ।

Advertisement

नेपालकै सबैभन्दा ठूलो आइभीएफ तालिम केन्द्रसहितको आइभीएफ सेन्टरको वुधवार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माकी आमा होमादेवी न्यौपानेले रिवन काटेर आइभीएफ सेन्टरको उद्घाटन गरिन् । कार्यक्रममा नोबेल अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्माले सन्तान नजन्मिएर समस्या ब्यहोरिरहेका दम्पतीहरुलाई लक्षित गरेर आइभीएफ सेन्टर सञ्चालन गरिएको भन्दै सन्तान नहुँदा निराश भइरहेका दम्पतीहरुमा अब सन्तानको खुशी ल्याउँने काम गर्ने धारणा राखिन् ।

त्यस्तै, नोबेल मेडिकल कलेजका प्रिन्सिपल डा.रामहरी घिमिरेले नोबेलमा सञ्चालित यो सेवाबाट निःसन्तान दम्पतीहरु धेरै लाभान्वित हुँने दावी गरे । नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालले निःसन्तान दम्पतीका लागि आइभीएफ सेन्टरले ठूलो खुशी ल्याउँने भन्दै नेपालकै ठूलो आइभीएफ तालिम केन्द्र पनि बनाइएकाले दक्ष जनशक्ति उत्पादनमा पनि सघाउ पुग्ने बताए ।

सो अवसरमा आइभीएफ सेन्टरका प्रमुख एवं बरिष्ठ स्त्रीरोग बिशेषज्ञ डा.शान्ति सुवेदीले अब निःसन्तान दम्पतीले उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता अन्त्य भएको भन्दै नोबेलले निःसन्तान सम्बन्धि सबै किसिमको उपचार गर्ने बताइन् ।

नोबेलले ३ करोड ९५ लाखको लागतमा आइभीएफ सेन्टर सञ्चालन गरेको हो । निःसन्तान दम्पतीका लागि जुनसुकै मूलुकमा हुँने जस्तोसुकै उपचार पनि अब नोबेलमा हुँने बताइएको छ । आइभीएफ सेन्टर सञ्चालनसँगै आइभीएफ सम्बन्धि तालिमका लागि नेपालकै ठूलो तालिम केन्द्र पनि सञ्चालन गरिएको नोबेल अस्पतालले जनाएको छ ।

भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!