- रबिन कटेल/संगालोखबर

विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको प्रभाव अब निकै चुनौतिपूर्ण हुँने निष्कर्ष निकाल्दै मोरङसहित १४ जिल्लालाई कोरोना अति प्रभावित जिल्लाको सूचीमा राखेको छ । मन्त्रालयले बिहीबार सूचना जारी गरेर अति प्रभावितको सूचीमा परेका जिल्लामा भीडभाड हुँने गतिविधिमा सहभागि नहुँन आग्रह गर्दै जनस्वास्थ्यका मापदण्ड पालनामा कडाई गर्न आग्रह गरेको हो ।

Advertisement

मोरङसहित काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, दाङ, सुर्खेत, बारा र बागलुङ्गलाई मन्त्रालयले अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ । ती जिल्लामा भीडभाड हुँने सवै क्षेत्र तथा सेवाहरु अविलम्व बन्द गर्नुपर्ने अवस्था देखिएको मन्त्रालयको निष्कर्ष छ । तरपनि ती क्षेत्रहरुलाई तत्काल बन्द नगरी मन्त्रालयले भीडभाड हुँने क्षेत्रमा सहभागि नहुँन सर्वसाधरणलाई आग्रह गर्दै जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न गराउँन भनेको छ ।

विद्यालय, रात्री व्यवसाय, सात बजेपछि सवै रेष्टुरेन्ट तथा क्लवहरु, खेलकुद, जीम, सार्वजनिक पुजाआजा तथा जात्राहरु, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लव, स्विमिंग पुल लगायत स्थलहरुमा सहभागि नहुँन मन्त्रालयको आग्रह छ ।

त्यस्तै, सबै अस्पतालहरुले अनिवार्य रुपमा फिवर क्लिनिक सञ्चालन गर्न र कोभिड परीक्षणका लागि नमूना संकलन तथा परीक्षणको व्यवस्थापन गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । नेपालका होटलहरुमा आई बसोवास गर्ने विदेशी नागरिकहरुको गेष्ट रजिस्ट्रेशन सिस्टम चुस्त दुरुस्त बनाउँन र पीसीआर नतिजा नेगेटिभ आएको अवस्थामा मात्र होटलमा राख्न पनि आग्रह गरिएको छ ।

मन्त्रालयले नियमित रुपमा सेवा लिन आइरहेका सेवाग्राहीहरुलाई कोरोना संक्रमण पुष्टि भएका आधारमा मात्रै अन्य अस्पतालहरुमा पठाएर दुःख नदिन अस्पतालहरुलाई निर्देशन पनि दिएको छ । सबै सरकारी अस्पतालहरुले कम्तिमा पचास प्रतिशत वेडहरु कोरोना संक्रमितका लागि छुट्याएर तोकिए अनुसार निःशुल्क सेवा प्रवाह गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ । वालवालिका, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिकहरुलाई परीक्षण तथा उपचारमा उच्च प्राथमिकता दिन पनि मन्त्रालयले आग्रह गरेको छ ।

पीसीआर परीक्षणका लागि बढीमा दुई हजार लिन र संक्रमितको उपचारका क्रममा जटिलताका आधारमा दैनिक सामान्यलाई ३५ सय, मध्यमलाई ७ हजार, जटिललाई १५ हजारमा ५० प्रतिशत थप भन्दा नबढ्ने गरी सेवा उपलब्ध गराउँन निजी प्रयोगशाला तथा अस्पतालहरुलाई मन्त्रालयले सचेत गराएको छ । स्वास्थ्य मन्त्रालयको बिहिबारको सचिव स्तरीय निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्रालयका सह प्रवक्ता डा.समिकुमार अधिकारीद्वारा जारी ‘अत्यन्त जरुरी अपिल’ मा अबका दिनमा संक्रमणको प्रभाव निकै नै चुनौतिपूर्ण हुनसक्ने आँकलन गरिएको छ ।

‘हाल नेपालमा कोभिड–१९ को संक्रमण बढ्दो छ । प्रभावित हुँनेहरुको संख्या र उमेर समूहमा पछिल्ला दिनहरुमा अत्याधिक फरकपनासहितको बृद्धि भइरहेको पाइएको छ । विशेषतः वालवालिका, युवा बर्गमा संक्रमण तथा मृत्यु बढ्दो गतिमा देखिएको छ,’ अपिल पत्रमा भनिएको छ,‘अबका दिनहरुको संक्रमण यसका प्रभावका हिसावले निकै नै चुनौतिपूर्ण हुँनसक्ने भएकाले हामी सबै नागरिकहरु तथा सरोकारवाला निकायहरु सचेत हुँदै संवेदनशील रुपमा जिम्मेवार बन्नुपर्ने आवश्यकता देखिन्छ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!