- संगालोखबर सम्वाददाता

मोरङ । मोरङको बेलबारी नगरपालिकाले कोभिड–१९ विरुद्धको खोप खरिद प्रकृया थालेको छ । यसका लागि नगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग स्वीकृति माग गरेको छ । नगरले आफ्ना नागरिकका लागि ८० हजार डोज खोप आफैं खरीद गर्ने तयारी गरेको नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले जानकारी दिए । नगरपालिकाले दुई चरणमा खोप उपलब्ध गराइदिन माग गर्दै मन्त्रालयमा पत्राचार गरेको हो ।

Advertisement

पहिलो चरणमा १८ बर्षदेखि ४० बर्षसम्म उमेर समूहका नागरिकका लागि ४० हजार डोज र दोस्रो चरणमा ४० हजार डोज खोप स्विकृतिका लागि माग गरिएको नगर प्रमुख सुबेदीले बताए । उनका अनुसार मन्त्रालयले स्वीकृति दिए लगत्तै प्रक्रिया थालेर खोप ल्याइने छ । ‘नागरिककलाई बचाउन जसरी भएपनि खोप किन्नैपर्ने आवश्यकता भैसकेको छ,’ उनले भने, ‘मन्त्रालयले स्विकृति दिए हामी खोप ल्याएर सबै नगरबासीलाई खोप लगाउँछौ ।’

बेलबारीमा २ सय ५० भन्दा बढी कोरोना सक्रमित छन् । कोरोना कै कारण १० जनाले ज्यान गुमाएका छन् । नगरपालिकाले अक्सिजनसहितको आइसोलेसन निर्माण गरेको छ । नगरपालिकाको एम्बुलेन्स र अन्य केही संघ सस्थाका एम्बुलेन्ससमेत प्रयोग गरेर नगरपालिकाले कोराना सक्रमितहरुलाई निःशुल्क अस्पताल लैजाने र ल्याउने व्यवस्था मिलाइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!