- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुरमा निःशुल्क आयुर्वेदिक उपचार सेवा सुरु भएको छ । जितपुर बजारमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरी निःशुल्क उपचार सेवा प्रदान गर्न थालिएको हो ।

Advertisement

एक कार्यक्रमकाबीच औपचारिक रुपमा आरोग्य केन्द्र उद्घाटन गरेर सेवा सुरुवात गरिएको छ । कार्यक्रममा प्रदेश सांसद इन्द्रमणी पराजुली, जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान, महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल, उप–प्रमुख मञ्जु अधिकारी, महालक्ष्मी–७ का वडाध्यक्ष रुद्र तुम्वा लगायतले आयुर्वेदिक उपचार सेवावाट नगरबासीले निकै फाइदा लिनसक्ने धारणा राखे ।

धनकुटा सदरमुकामस्थित कोशी अञ्चल आयुर्वेदिक औषधालय मातहत रहनेगरी आरोग्य सेवा केन्द्र स्थापना गरिएको हो । सो केन्द्रबाट आयुर्वेदिक उपचारसहित औषधि पनि निःशुल्क प्रदान हुँने महालक्ष्मी नगरपालिकाका प्रमुख नेपालले जानकारी दिए । उनले निःशुल्क आयुर्वेदिक उपचार सेवावाट फाइदा लिन नगरबासीलाई आग्रह पनि गरेका छन् ।

कोशी अञ्चल आयुर्वेदिक औषधालय मातहत रहनेगरी धनकुटा जिल्ला सदरमुकाम बाहिर दुई ठाउँमा सेवा विस्तार गरिएको छ । यसअघि चौविसेको राजारानीमा पनि केन्द्र स्थापना गरी उपचार सेवा प्रदान गरिदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!