- भोजराज जमरकट्टेल
भोजराज जमरकट्टेल, विराटनगर-१९ मोरङ्ग

हुन त स्वार्थ हुन्छ मानवमा
तर पनि, एक नवीन सोच भएको
म त पुर्खाको नासो हुँ
पुर्खाको बिरासत जोगाउनु छ

तेस्का नजरमा म शत्रु भा छु अरे
अब म पापी मानव
खहरेको एक किनार हुँ म
कतै मिलनको सम्भव छैन

Advertisement

पिडाका आशु नपोखे हुन्छ ।
म मरणबाट टाढिने छैन ।।
कुरुप मानव हो त्यो
जसले अकाल मै मार्छ रे,
यदि दुष्परिणामबाट मरे भने
म त एउटा सिनो हुँने होला,
अब म बोली हुनेछैन,

आमा ! मेरा निम्ती आशुको के अर्थ छ र ??
म त एउटा सिनो हुँने होला,
बरु, मेरा निम्ती मानो चामल खोजे हुन्छ,
कालो त्यो सानो कमरामा

ममा अब बोली हुनेछैन,
माया,दया त परैको कुरा
हिजोको भिमकाय शरिर
आज त्यो शरिर मुढोबाट सिनो बन्दैछ
सिनोबाट भन्किएका औषाले पिर्न सक्छन ।
म अकालमै मरे भने…. !!

अब प्यारी सिन्दुर नपुस है
अब तिम्रा विलौनामा म आउनसक्दिन
यो जुनी यती नै रहेछ
मिलेसम्म
जुरेछ भनी अर्को जुनी सगैं बिताउला
दुखी नहुनु
कसैलाई दोष नदिनु
तिम्रो हाम्रो लेखान्त यति नै रहेछ
म अकालमै मरे भने…… !!

मित्रबृन्द आह्त न बन्नु है
मत सकिएको मूढो भईसके
तिमिहरु अब देशको खम्बा बन्नुपर्छ,

म त केबल आगोले नखाएको जीर्ण शरिर बन्न सक्छु
उसै पनि म त पापी मानव
अकाल मै मरे भने,
म पापीको लाश माथि
यस देशका अमुल्य जडिबुटि नराख्नु है ।।
देशको निःस्वार्थ सेवा गर
दुःखका अन्तिम पलपलसम्म पनि
म अकालमै मरे भने……।।

भ्रष्टचारी,हत्यारा, बलात्कारीहरुको हत्या गरि
क्रान्तिको ज्वाला बोकेर हिड
अन्याय र अत्याचारको बिगुल बोकेर हिड्नु
आफुले कहिलै बाटो नबिराउनु
नपर्खी हिड्नु है ।।
शरिरमा थोप्पो रगत रहुन्जेलसम्म
देशको रक्षक बन्नु है !
म अकालमै मरे भने……।।

नोट :
झल्यास्स बिउझिन्छु
छ्या !! कस्तो सपना देखेको होला आफु नै…. !!!

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!