प्रेम भण्डारी
प्रेम भण्डारी

घुम्दैछ यो पृथ्वी
मडारिदै आकाशमा बादल
हुइकिदै बतास टहलिदैछ जुन
अनि बहलिदैछ मेरो मन
अदृश्य पथहरूमा ।।

कतै वन वे कतै हाइस्पिड कतै स्लो डाउन
हिड्ने मार्गहरु चलिरहेछन तर कतैबाट नियन्त्रित
अनि नियमन भएर ।।

Advertisement

बाटोको त कुनै लक्ष्य हुन्न इन्फिनीट भएर
पनि कोरिएका छन् रोड वे हरु अनि स्टपहरु
लाग्दछ यहि बाटोको परिभाषा
तर बाटाहरु कुर्दैनन हामीले कोरेका लाईनहरुमा
रोकिदैनन ट्राफिक सिग्नलहरुमा
न कुनै गन्तब्य यसको न कुनै दृश्य
तैपनि हरदम हाम्रै गन्तव्यको खोजीमा ।।

मेरो आस्था कति फरक
मेरो उदेश्यहरुको परिवहनमा
गन्तब्यको खोजमा
कुरिरहेको हिडिरहेको छु यी बाटाहरुमा
तर, किन म हुन सकिन बाटो जस्तो सदा कदा
जहाँ बंदेज नहोस् कुदिरहू बगिरहू उडिरहु ।।

तर यो संम्भव भएन
यहाँ मेरो कुदाईमा ब्रेक लगाइयो
पर्खाल बनाइयो
बगाईमा बाँध बनाइयो
जसलाई तोडे म आंफै
भेल भई बग्नेभए कालो बादल बीच मडारिने भए
अनि गन्तब्यबिहीनताको दुर्घटनामा आंफै
घाइते भई पछारिने भए ।।

अझैपनि रोजाई र चर्चा त्यही बाटोको
जानुपर्ने सबै त्यही तर साधन फरक फरक
कोही ट्रेन कोही बस कोही प्लेन
को चाँडो पुग्ने होड चलिरहेछ
अनि औकातको तराजु जोखिरहेछ
चलिरहेछ अदृश्य बाटाहरु ।।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!