मीनप्रसाद अधिकारी
मीनप्रसाद अधिकारी, धनकुटा

तिमीलाई था थिएन र ?
मर्नु अगाडि एक पटक
सिर्फ एकै पटक आएर सोध्नु पर्दैन,
यति ठूलो मृत्यु संस्कार्ने ठाउँमा
धाइरहनु पर्दैन?
त्यसै मरिदिने
मरेपछि संसारबाट यसै बिदा लिने
यता हाम्रो संसारलाई बुझ्नु पर्दैन?
के छ कसो छ हेर्नु पर्दैन?
झुत्रे भएर आउने..
यो गरिबी उतै देखाऊ
यो पीडा उतै बुझाऊ
हामी त आर्यघाटमा लास पोल्ने हौं
अहिले यति बुझ ,
यति सम्झ
यहाँ रून पाइन्न
आर्यघाटमा हो यो डिस्काउन्ट पाइन्न ।

न त जन्मिँदा कर्म लिएछौ
न त जीवनमा धनी बनेछौ,
रित्तै आएर रित्तै जाने हो
दुइ दिनको जिन्दगानी के छ र लाने
यो त सब सुन्नलाई हो
यो त सब सुनाउनलाई हो
जवानी यसै बिताउनेहरूको
डायलग हो यो
तिमी आफ्नालाई रुवाएर
अरूलाई हसाएर
गरिबै भएर मरेऊ
छलमा परेऊ
यसो आएर बुझ्नु पर्दैन
आर्यघाटमा डिस्काउन्ट पाइन्न ।

Advertisement

काज क्रियाको संस्कार हटाऊ
सन्तान खाउन् या भोकै रहुन्
तिम्री बिधवाले आँसु पिउन
या त घरबार बिहिन हुन्
हाम्रो नियम तिमीजस्ताहरू कै लागि
कठोर भन कि कायर
सरल भन कि कठोर
हुन्न हुन्न अब जता सुनाऊ
जागेर फेरि मोर्चा बनाऊ
गरिबीहरूको मोर्चा
छाक नटर्नेहरूको मोर्चा
हाम्रो नियममा फेरबदल हुन्न
यो आर्यघाट हो मुर्दा
यहाँ पोलिनलाई डिस्काउन्ट हुँदैन ।।।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!