- भोजराज जमरकट्टेल
भोजराज जमरकट्टेल, विराटनगर-१९ मोरङ

एउटा गाउँमा चलाख मुखिया बस्दथ्यो । उ आफुलाई गाउँकै जान्ने बाठो अनि गाउकै राजा त्यति मात्रै कहाँ हो र उ आफुलाई अरुले भगवान झै ठानेर पुजा गरुन भन्ठान्थ्यो ।

मुखियाको यस्तो हर्कतले गाउँमा सबै वाक्क दिक्क भएका थिए, हरेक दिन चिया चौतारीहरुमा मुखियाकै बारेमा कुरा हुन्थ्यो, एक दिन मुखिया नभएको मौका पारेर घर सल्लाह भयो । गाउँमा मुखियाको स्वभाव ठिक नभएको गाउँमा दिन दिनै बिकृति बढ्दै गएको भनेर मुखिया फेर्ने हल्ला हुन थाल्यो बरु घरकै कसैलाइ मुखिया बनाउ नत्र पछि मुखिया पद हाम्रो घरबाट फुत्किन सक्छ भन्ने छलफलको विषय बन्यो ।

Advertisement

मुखिया भने उसका भित्रियाको कुरा सुनेर खासै अरुको कुरा सुन्दैन्थे । मुखिया फेर्ने सम्मका कुरा उसका भित्रिया मार्फत मुखियाका कानमा पुग्यो ।“अब सबैलाई मेरो तागत देखाई दिन्छु” भनेर मुखिया मुर्मुरिए । त्यतिकैमा मुखियालाई एकदिन एउटा जुक्ति फुर्यो उक्त जुक्तिलाई घर देखि गाउँ सम्म सबैलाई आफ्नो शक्ति देखाउन नियम बनाए । घरको ४०% को सहमति भयो भने घर फुटाउन पाउने कुरा सुनेर गाउँका धेरै सदस्यहरुलाई दुःख लाग्यो यति खुन पसिना सिंचेर बनाएको घर फोर्न पाउने यस्तो नियम बनाउन हुन्न भनेर सबैले मुखियासँग बिरोध जनाए ।

चलाख मुखियाले जवाफ दिए नियम बनाएको त हो तर कहाँ आफ्नै घर भत्काउन लागेको छु र म त अरुको घर भत्काएर त्यहाँको इँटाले आफ्नो घरमा तला पो थप्न लागेको भनेर टारे । मुखियाको कुरा सुनेर उनका प्रियहरु मुखियाको जय होस भन्दै नारा लगाउन थाले तर मुखिया अरुका कुरा नसुनि आफ्नै प्रियहरुको गुनगान गाउदैँ हिड्न थाले । अन्तत : मुखिया आफ्ना पात्रका कारण आफुले खनेको खाल्डोमा आफैँ परे ।
घर आफ्नो होस या पराइको घर फोड्ने कार्य सुन्दर विल्कुलै होइन अनि आज अरुको फोड्नेले भोली आफ्नो घर बाँकी राख्लान र ?

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!