- भोजराज जमरकट्टेल
भोजराज जमरकट्टेल , विराटनगर–१९

प्रेमको नाममा, खोकेर धेरै, उनैको लाटमा
भएछु अन्धो, अल्झेछ मन, काँडाको टुप्पैमा ।
उनैले गर्दा, उनैको साथ, उनैको हातमा
सुम्पेछु दिल, दिएछु मन, बेहोशी बनेर ।।

भएछ जीवन, पानीको थोपा, अडेको पातमा
गढेछ मन, अल्झेछ माया, धुकधुकी सासमा ।
झन जति ताछ्यो, झन उति ठुलो, खाडल पर्यो की
छुट्टीने बेला गएछ मुटु, भेट हुनै साह्रो भो ।।।।

Advertisement

भाग्यको खेला, उनैको लागी, सुम्पिए जीवन
भगवान मेरा, छोडेर आए, उसैको आस गरि ।
शास्त्रीले भन्थे–आगो र पानी, केटीको कहिलै नगरेस विश्वास,
भर परे परिन्छ फेला, सचेत बनेस संगतकम गरेस ।।

नाटक आज, मंञ्चन भयो, छक्याई सडकमा
खोकेर धेरै, सोझाका नाममा, छलकपट गरेर ।।।

चोरेर गई, यो मन मेरो, बिर्सौ म कसरि
भत्केको आश, धुकधुकी सास, जिउ म कसरि ।।।।
खोकेर धेरै, मायाका नाममा, संसार बोकाई
प्रेमको नाममा मन अल्झाई, दिई काँडाको बोटमा

चट्टानको दिल, कहिलै भेटिन नरम, वगरमै रुग्दानी
नफौरोतिर लागेर आज गई, देखाई लाश बनाई
खाली भो दिल, रित्तो भो दिमाख, लगी छ मुटु नि!

मन रुन्छ सधै, छैन खै कसैको विश्वास
घर गएपनी, समाजमै बेइज्जयत, झन कुरौटे समाज
सास फेर्न पनी अप्ठेरो भा‘छ जिउ म कसरि
खरानी भए सपना सबै बाझो भो! जीवन

बिहानपनी भट्टी दिन भरि डुल्यो साँझमा त्यही भट्टी
साथीपो भए रक्सी र वोतल चल्दो नै रहिछ रक्सी नै खोतली
मुटु र जीवन दिमाख भो खाली, बाचेर छैन काम
गजेडी भएँ, ज्डायाहा भएँ, निष्ठुरीले लातमारि गएसी
मुटुको छेउमा आगोले झैँ पोल्छ पिएसी शित्तल

भगवान मेरा के भए होला, सम्झेर कुलङघार पुत्रलाई
गाउमा गए, कुरौटे समाजलाई पनि, भाको छु कुलङघार

कोही छैनन मेरा, भए म आज, घर न घाटको
बाचेर पनी काम छैन साथी, मरे नि! सकिन्छ एक लन्ठो ।।।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!