- निश्चल पोख्रेल
निश्चल पोख्रेल, लालिगुँरास नगरपालिका–९ तेह्रथुम (हाल-धनकुटा)

अन्यायको बिरोध गर्न खोजे,
रोकिन्छ धड्कन सिमापार गरी ।

रक्षक नामका खोल ओढी
मारिन्छ चेली बलात्कार गरी ।

Advertisement

कति बगे आँसु तिनका आँखाभरी
छन अझै पनी तिनका सपना पाखाभरी ।
भेटिन्छन मान्छे यहाँ थरिथरी
अझै पनी झस्काईरहन्छ कन्चनपुर घट्नाले घरीघरि ।

छानबिन समिती गर्छ छानबिन भन्थे
समितीमा मान्छे कति छन भनि गन्थे ।
ज्यान जोखिम भयो भनी अध्यक्षद्वारा राजीनामा भयो

निर्मलाले न्याय पाउने कुरा आसै आशमा गयो ।

शंकाआसंकाको चौघेरा भित्र
भईन दोषि उनकै आत्मीय मित्र ।
बम दीदि बहिनी माथि शंका धेर भयो
एसपी बिष्टको जागीर त्यसै खेर गयो ।

कहिले समातिए सुस्तमनस्थितीका त
कहिले दुखी किसान पनी ।
जहिले पनी धनको तुजुक देखाएर
उम्कि रहयो धनी ।

बोल्यो सरकार बित्यो ४ महिना
न्याय दिन्छु भनी ।
दोषि पहिचान गरी कारबाही भए
निर्मलाको आत्माले शान्ती पाउने थियो अनी ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!