कति बाँध्छौ ए बन्धनमा
गाई बस्तुलाई झै दाम्लो र डोरी
तोडि देऊ बन्धन छोडीदेऊ दाम्लो र डोरी
किन राक्छौ मनको चाहना आफ्नैपनमा नाच्ने मनपरि
किन छेक्छौ पिंजडाको चरी झैं स्वतन्त्रता दवाएर
पीरको घेरामा किन राख्छौ अभिलासामा आँसु चखाएर
छोडि देउः चरी तोडि देऊ पिंजडा नरोक तिम्रा रहर पखेटा
बन्धनका घाऊहरु आशाले अडाएर भएका छन भोका
रुनेहरु जताततै रोई रहेका छन
हाँस्नेहरु हाँसिरहेका छन ति दुःखी माझ
बन्धनका घाउहरु आँसुले पखाली अग्नीको रापमा
दन्काउँछौ किन दनदनी रोदनका आँसुहरु शुन्यताका घेरामा
उज्यालो नक्षत्रमा ग्रहण लाग्दा चम्किलो कहाँ देखिन्छ र ?
बन्धन भित्रका घाउःहरु रोकिन्दैनन यहाँ बस्दैछन निरन्तर
यो संसार एउटा स्वार्थको घेरामा घेरीन्दै छ ।
घाऊहरु बल्झिन्दै छन फैलिन्दै छन उज्याले नभई अन्त्य हुँदै छन
जन्म मरणम सुष्टिको नियम समय एक बन्धन हो
स्वतन्त्रतामा नाचेका पाईलाहरु परिधिमा पर्नु त्यो घाऊ हो
बन्धनका घाऊहरु छटपटाई रहेछन जिउँदै आगोमा डढेसरि
मनका कुण्ठाहरु मनभित्रै मडारिरहेका छन आकाशको बादल सरि ।