- भाेजराज जमरकट्टेल
भाेजराज जमरकट्टेल

अामा! न त याे राज्य हिजाे हाम्रो थियाे
न अाज हाम्रो छ
न भाेलि हाम्रो हुनेछ।
मैले याे राज्यमा न्याय पाउदिन! अामा
न मैले न्याय पाउछु।
न त नरपशुले दण्ड पाउने छ।

मलाई आफै बोक्सी आफै झाक्रीहरुले न्याय दिदैनन! अामा
राज्य नि नरपशु हत्यारालाई सम्मान गर्दै हिड्छ।
साेझा नागरिक माथि गाेलि र लाठिकाे वर्षा गर्छ।
न मैले न्याय पाउछु।
न त नरपशुले दण्ड पाउने छ।

Advertisement

कति दिन मलाई सम्झेर रुन्छ्याै!अामा
ती लुटेराहरुले सिनाे झै लुटेका हैनन
कति दिन पागल बनेर कञ्चनपुर घुम्छ्याै
त्याे साढे गाेरुहरुकाे राजधानी कति दिन धाउछ्याै।
याे देशभरका नरपशुकाे सम्मेलन हुने ठाउँ हाे !अामा
यहाँ बाहिर एउटा अनि भित्र अर्कै गरिन्छ! अामा
मैले याे राज्यमा न्याय पाउदिन! अामा
न मैले न्याय पाउछु।
न त नरपशुले दण्ड पाउने छ।

म कुटे जसाे गर्छु त राेहे जसाे गर भनेर
सरकार नाटक मञ्चन गरिरहेकाे छ।
के तिनका छाेरी छैनन
के तीनीहरु छाेरीकै काेखबाट जन्मेका हैनन र ?
के तिनका छाेरी जन्मिदैनन र
तिनलाई याे राज्य त्यति बेला भारि पर्नेछ
जति बेला रगतकाे मृतशैयामा चेलीलाई देख्नेछन।
बल्ल तिनकाे घैटाेमा दियाे बल्नेछ।

वर्खे झरि पछि रगतकाे मुल फुटाएझै
पानी विनाकाे माछाे बनाएर
बढेमानकाे ढुङ्गाले थेचेझै थिचेर सक्याे!अामा
कति चिच्यनि तिमी सुनामी झैँ अाउछ्याै भनेर
अरु चिच्याउनै दिएनन्

मिठाे खाने
राम्रो लगाउने रहर पालेर पढ्दै थिए।
उडाए सबै ….! नरपशुले
राज्य नि नरपशु हत्यारालाई सम्मान गर्दै हिड्छ
साेझा नागरिक माथि गाेलि र लाठिकाे वर्षा गर्छ।
अामा!मलाई याे सरकारले नि न्याय दिदैन
न मैले न्याय पाउछु।
न त नरपशुले दण्ड पाउने छ।

अाेखलढुङ्गाका श्रेष्ठले न्याय पाए त
गाेरखाका अधिकारी परिवारलाई हेर्नु
अनि के देखेर न्याय माग्न
नरपशु तस्कर र अपराधीकाे राजधानीतिर
बल्ल जाेडेका हात्तीछाप फटाउन गा’कि
मलाई याे राजधानीले नि न्याय दिदैन! अामा
न मैले न्याय पाउछु।
न त नरपशुले दण्ड पाउने छ।

राज्य नि नरपशु हत्यारालाई सम्मान गर्दै
साेझा नागरिक माथि गाेलि र लाठिकाे वर्षा गर्छ।
मलाई याे सरकारले नि न्याय दिदैन! अामा
न मैले न्याय पाउछु।
न त नरपशुले दण्ड पाउने छ।

तिमी महान छ्याै।
नाै महिनाकाे प्रसव पीडा
मन पिडामा रुम लिदा अरुका नजरमा हासेर हिड्याै।
गरिबीकाे मारमा
बाल्यावस्थामा हामीलाई लिटाे खुवाउदा
तिमी अाधा पेट ठेट्ना मकैमा
कहिले एक गेलास माेहिमा दिन भुल्याैं
त्यसरि हुर्कायाै
अर्कार्काे बनिबुताे गरेर पढाउ्दै थियौं
हाम्रो गरिबीलाई
तिम्रा कैयन पाने साेचले किल्चिएकाे
मैले नि भाेग्दै थिए

मलाई नि
अरुले राम्राे लगाएकाे
अरुले मिठाे खाएकाे
देख्दा मलाई नि मन बटारिएर अाउथ्याे।
तिमीले उनीहरूका सामु पर्नै दिईनाैं।
साेच्थे अरुकाे देखेर कर गर्छे भनेर हाेला।

अामा!सके घाउमा पाप्राेलागे झै बिर्सन काेशिश गर
न सके रातभरि सिरानीकाे छेउ भिजाउनु
दिनभरि अागन सुकाउनु नै ठिक हुनेछ।
हामी जस्तो दिनदुखीकाे गुनासो कस्ले पाे सुन्छ र?
सुनेपनि यता सुनाे उता बुच्चै
एउटा कुनामा बसेर
दुनामा खानेलाई कस्ले पाे अाफ्नाे ठान्छ र
अामा! न त याे राज्य हिजाे हाम्रो थियाे
न अाज हाम्रो छ
न भाेलि हाम्रो हुनेछ।
मलाई याे नेतृत्वले न्याय दिदैन! अामा
न मैले न्याय पाउछु।
न त नरपशुले दण्ड पाउने छ।

अामा म नर्कमा नि! भैतारिदैछु।
जस्ताे मेराे पीडा छ उस्तै
हजारौं साथीहरू पाएकि छु।
अामा! न त याे राज्य हिजाे हाम्रो थियाे
न अाज हाम्रो छ
न भाेलि हाम्रो हुनेछ।
मलाई त्याे नेतृत्वले न्याय दिदैन! अामा
न मैले न्याय पाउछु।
न त नरपशुले दण्ड पाउने छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!