- प्रेम भण्डारी
प्रेम भण्डारी

म यह़ी छु जहाँ तिमी थियौ
म यह़ी छु जहाँ तिमी छैनौ

विश्वास त उसले पनि तोडेछ
जीवन बाटाहरु अन्तै मोडेछ
पर्खाई परिवेशको कति निर्मम
कति निन्याउरो त्यो थेम्सको
छालहरुको किनारसंग मिलन
नशाको चुरता
कठै समयको क्रुरता
साँझहरु झैँ निरस
अनि त्यो कालो सम्झना ।।

Advertisement

त्यंही थियौ केशहरु लहराउदै
छेकेर त्यी बत्तीहरुलाई
अन्धकार ल्याउने प्रयास
भीडहरुको अंकुशबाट थुतेर
संगीन पलहरु समलिंगनमा
समेट्ने त्यो साहस
अनि कति निस्ठुर त्यो
कठ्यांगिन्द्रो मौसम
फेरी कति मिठो
यही भेट्ने तिम्रो कसम
चिसो सिँठहरुमा तिमी
अनेकौ सपनाहरुमा तिमी
एक भिन्न सपना
संसार जित्ने सपना
जीवन रंगमंचको उन्माद
सरल तर अनुपम स्वाद
तिम्रा आकांक्षाहरुमा मा एक
टहलिदै ति जलहाँसहरु समेत
गाउदै गीत त्यो मधुर संगमको
बुन्दै सानो घर जनम जनमको ।।

कपटी समय रोकिन सकेन
यी हातहरुले छेक्न सकेन
रुझ्दै झरीमा आँशुहरु लुकाई
अनवरत बन्दैछ यो पर्खाई
थाहै छ तिमी आउन्नौ
आफ्ना सपनामा बार बन्न चाहन्नौ
कति महँगो तिम्रो सपना
तर विवश मेरा बिपना ।।
त्यसैले,

म यह़ी छु जहाँ तिमी थियौ
म यह़ी छु जहाँ तिमी छैनौ ।।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!