भोजराज जमरकट्टेल
भोजराज जमरकट्टेल, विराटनगर-१९ मोरङ्ग

हुन त राजा रानी मासिएको देश हो ! रवि दाई
आँश लाग्दालाई झोसिएको देश हो ! रवि दाई
त्रिशुलीमा मदन आश्रीत झारिएको देश हो ! रवि दाई
नेपाल सतिले सरापेको देश हो ! रवि दाई

विकास र समृद्धिको नारा घन्काएर रगतको खोला बगाएर
चेलीको सिउदो पुछेर कुर्सिमा चढ्नेहरुको देश हो ! रवि दाई
यो त सतिले सरापेको देश हो ! रवि दाई

Advertisement

सयौं आमाको कोख रित्ताएर चर्का भाषण रटाएर
फकाएर गरिबका छोरा युद्दमा होमेर
आफ्ना सन्तान कुर्सीमा पु¥याउने गद्दार नेता भएको देश हो ! रवि दाई
यो त सतिले सरापेको देश हो ! रवि दाई

अनपढले सांसद पाउने डिग्री पास खाडी पसे
अंगिकृत र भरौटेले देशलाई डस्ने
भेडाहरु टुलुटुलु हेरी बस्ने देश हो ! रवि दाई
यो त सतिले सरापेको देश हो ! रवि दाई

अनेक तन्त्रको नाम दिएर
सोझा युवालाई खाडीको बांस बनाएर
रेमिट्यान्समा रजाई गरि देश चलाउने नेता भएको देश हो ! रवि दाई
यो त सतिले सरापेको देश हो ! रवि दाई

हजारौं चेली बलात्कृत भए
कति वर्ष बिते पनि अत्तोपत्तो छैन
यस्तो कार्यको खबरदारी गर्दा
जालझेल गर्ने विधिको शाषन भएको देश हो ! रवि दाई
यो त सतिले सरापेको देश हो ! रवि दाई

जनताको ढाँड करले सेकिएको छ
टोल-टोलमा तानाशाह उब्जिएका छन
जनता गाँस बाँसका लागि खाडिमा घोटिदा छन ।
नेता आराम गर्न, जनताको पसिनामा विदेश जाने, देश हो ! रवि दाई
यो त सतिले सरापेको देश हो ! रवि दाई

करले तानाशाह पाल्नै पुगेन….!!
जनताको घर, बाटा घाटा सिटामोल पाईने ठाउं त परैको कुरा
जुठा भाडा माझेको पसिनाले रङ्गशाला बनाउनसमेत दिएनन्
यँहा सोचे विरक्त लागेर आउछ ! रवि दाई
यो त सतिले सरापेको देश हो ! रवि दाई

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!