सागरको चिसो बतास, छालहरुको मधुरो विश्वास
पंक्षीहरुको काकाकुल।
रुझाएर यो मन निथ्रुक्क छ, डोर्याएर हात तिमि बिनव छ
प्रफुल्ल आशहरुको हारालुछ ।।
सपनाहरु तिमीसंग रद्दी बनेनन, सम्बन्धहरु बिरसिलो तर अड्डी बनेनन्
बालापन जिबन संशयको आलाप।
सहन अधरहरु सम्मोहित पलका पानामा, पुलकित चुम्बनहरु सुलभित आँखाका नानीमा
ढलपल सौरभित रंगीन जलप ।।
टिलपिल आँशुका थोपा गाला निरै रोकिए, आलिंगनको क्रन्दनले भाबुक भुमरी नै चौंकिए
अदृश्य भावहरुको पलास ।
मडारिदो बादल उडी जाग्यो खुला आकाश, सोर्यमंडलको प्रज्वलन गडी बन्यो मुर्त अविनास
स्निग्ध परिबृतको उल्लास ।।