प्रेम भण्डारी
प्रेम भण्डारी

सागरको चिसो बतास, छालहरुको मधुरो विश्वास
पंक्षीहरुको काकाकुल।

रुझाएर यो मन निथ्रुक्क छ, डोर्याएर हात तिमि बिनव छ
प्रफुल्ल आशहरुको हारालुछ ।।

सपनाहरु तिमीसंग रद्दी बनेनन, सम्बन्धहरु बिरसिलो तर अड्डी बनेनन्
बालापन जिबन संशयको आलाप।

सहन अधरहरु सम्मोहित पलका पानामा, पुलकित चुम्बनहरु सुलभित आँखाका नानीमा
ढलपल सौरभित रंगीन जलप ।।

टिलपिल आँशुका थोपा गाला निरै रोकिए, आलिंगनको क्रन्दनले भाबुक भुमरी नै चौंकिए
अदृश्य भावहरुको पलास ।

मडारिदो बादल उडी जाग्यो खुला आकाश, सोर्यमंडलको प्रज्वलन गडी बन्यो मुर्त अविनास
स्निग्ध परिबृतको उल्लास ।।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!