भोजराज जमरकट्टेल

खेतका गह्रा नाङ्गै बसेका छन्
यो त रेमिट्यान्स्को कमाल हो
मेलापात हाटबजार रोधीघर निदाएका छन
यो त पश्चिमा संस्कृतिको कमाल हो
तिमी आफ्नो संस्कार बिर्सिएर नाङ्गीएको
तिम्रा सन्तान बेसुरे भएपछि थाहा हुनेछ

भोजराज जमरकट्टेल – नेचा सल्यान-४ सोलुखुम्बु, हाल विराटनगर-१९

अर्मपर्म अ‍ैचोपैचो कता हराए
यो त आईएनजिओहरुको डलरको कमाल हो
हाकपारे रोधीघर सुस्ताएका छन्
सारङ्गी मादल बासुरी डाईनोसर हुदैछन
पाटीपौवा चौतारी वनजङ्गल सुनसान बनीसके
बरु रोधी गित गजलमा चोली उध्रीन थालेका छन
बरु बिर्को लगाको बट्टामा कमिला छिर्न थालेका छन

भेट हुदा नबोल्नेहरु
आजकाल फेसबुकमा बोल्न थालेकाछन
बिचरा खरबारेका छोरा नपढे पनि
फेसबुकमा भेटिन थालेका छन
यो त तिम्ले पठाईदिएको स्मार्टफोनको कमाल हो ।

तिमीले मरुभुमीबाट स्मार्टफोन पठाउनु
बिहानीमै रुखमा बसेर काग कराउनु
बुढिआमाले मरुभुमीको सन्तानलाई भनिन
नानी यो त अशुभ संकेतको सुरुवात हो

चराले रुखमा बसेर विष्टायो
फेसबुकमा रावणले रिक्वेष्ट पठायो
म्यासेन्जर भाईवरमा घण्टी सुरु भो
राम तिमीहरु वालुवामा सुन फलार बस ।
यता रावणले मरुभुमीको नासो खाताबाट रित्तायो

तिमीहरुले मरुभरमीमा सेल्फी अपलोड गर्दा
लाईक र कमेन्टको सुख्खा लाग्छ
सिताले होटल पार्कको सेल्फी अपलोड हुदा
लाईक र कमेन्टको बाढी आउछ
यो त छन गेडी सबै मेरी छैन गेडी सबै टेढीको कमाल हो
यो त तिम्ले पठाईदिएको स्मार्टफोनको कमाल हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!