इनरुवा, ३ मङ्सिर । सुनसरीको हरिनगर गाउँपालिका– १ रामनगर, भुटाहामा पहिलोपटक नेपाल भारतमैत्री मुसायरा कार्यक्रम आज बिहान सम्पन्न भएको छ ।

Advertisement

विभिन्न स्थानीय तह र हरिनगर गाउँपालिकाका विभिन्न सङ्घ संस्थाको सहयोग तथा एलाइन्स नेपालको संयोजनमा आइतबार साँझबाट शुरु भएको कार्यक्रम आज बिहानै सम्पन्न भएको आयोजक संस्थाका अध्यक्ष नइम अन्सारीले जानकारी दिए।

कार्यक्रममा नेपाल र भारतका बहुभाषिक कवि, सायर एवं सायराको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष अंसारीले बताए ।

मुसायरा कार्यक्रममा विभिन्न भाषाभाषीले आ–आफ्ना भाषामा गीत, गजल, सायरी, चुट्किला, कविता, साहित्य वाचन गरेको आयोजकले जनाएको छ ।

कार्यक्रममा नेपाली, हिन्दी, उर्दू, अरबी, फारसी, मैथिली, भोजपुरी, उराँव, थारूलगायतका भाषामा गीत, गजल, सायरी, चुट्किला, कविता, साहित्य वाचन भएको आयोजक संस्थाका महासचिव सुशील ठाकुरले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!