भोजराज जमरकट्टेल
भोजराज जमरकट्टेल, विराटनगर-१९ मोरङ्ग

पुर्वकै सुन्दर पहाडी गाउँ
सोलुकै सुन्दर हरियाली ठाउँ
आमाका दुई सन्तानको नाउँ
एकै लहरमा नेचा वेतघारि,बतासे सुनेकै नाउँ

लालीगुरासँ, वनमाला, धगेँरो, पैँयु, हाँसेर फक्रेका,
एैसेँलु, काफल, कटुस, वनफल चाखेर
आँप, आँरु, भोगटे, नास्पाति लटरम्मै झुलेका
गोगने, बडहर, कुटमिरो छासेर
धूपी, सल्ला, साल, सिसौ राखेर
हरियो नेचागाँउ,
रहरलाग्दो देखिन्छ, हाम्रो नेचागाँउ

फूर्केडाडाँ नेचाकै अग्लो ठाउँ
तुईनटार सोलुकै रहरलाग्दो होचो ठाउँ

हाम्रै नेचामा,
वर माग्दै मायालाउँ देवीथानैमा
मनभरि मायालाउँ, फूर्के नागीमा

पाखुरामा रगत छउन्जेल
गैरि खेतमा किसान हाँसेका
रानीवनमा हरिण नांँचेका
हाम्रै नेचामा,
मन देखि घुम्न जाउँ, सोलु नेचामा

टारि, गैरि, लखने, पोखरे
सिम्ले, मविर, ढापका गह्रामा
मानामुरि फलाउने फाँटमा
मेलापातमा पिरती फुलाउने

दाउरा घाँस मेला र पातमा
सस्कृति र भेषभुषा पर्वमा
एकचोटि घुम्न जाउँ, सोलु नेचामा
चाँजोपाजो मिलाउने काम गर

भाकल गर देवीका थानमा
माग्नुस वर देवीका थानमा
हुन्छिन देवी तपाईका साथमा,
एकचोटि र्फिनुस है, सोलु नेचामा,

एकरातेमा मँयुर नाँचेका
खरवारीका कालिज हाँसेका
सुन्दर नेचागाउँ,
नेचालाई चिनाउ है, विश्वकुनामा

सोलुबजार नेचाले हँसाउछ,
परदेर्शीलाई नेचाले लोभ्याउछँ,
सुन्दर नेचागाउँ,
लुकेर हेर्नुस है हाम्रो नेचागाउँ ।।।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!