- संगालोखबर सम्वाददाता

धनकुटा, २७ असोज । साहित्यकार ठाकुरप्रसाद बरालको पौराणिक उपन्यास अहल्याको सनिवार धनकुटा ६ स्थित सहिद भीमनारायण श्रेष्ठ निवासमा विमोचन गरिएको छ ।

कार्यक्रममा सहिदपत्नि लक्ष्मीदेवी श्रेष्ठले पुस्तकको लोकार्पण गरेकी छिन् । पुस्तक धनकुटा साप्ताहिकले प्रकासन गरेको हो । उपन्यासका प्रमुख पात्रको रुपमा उल्लेखित अहल्या ब्रम्हापुत्री एवं महर्षि गौतमकी पत्नी रहेको उपन्यासका लेखक बरालले जानकारी दिए ।

लामो समय प्राध्यापन गरेका कानुनविद् समेत रहेका पुस्तक लेखक बरालको आठौं कृतिको रुपमा अहल्या प्रकासन भएको छ । ९२ पृष्ठ र ३५ शिर्षकमा रहेको पुस्तक पौराणिक मिथक रहेको बरालले जानकारी दिए ।

विमोचन कार्यक्रममा प्रकासक राजेश्वरबहादुर श्रेष्ठ, पत्रकार तथा साहित्यकार रमेशचन्द्र अधिकारी, साहित्यकार यज्ञप्रसाद गुरागाई, घनश्याम बराल, गंगा ढुंगाना, सहिदपुत्र मनोजनारायण श्रेष्ठ तथा शिक्षक विगेन्द्र याखा लगायतले पुस्तक माथि धारणा राखेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!