बलराम दाहाल
बलराम दाहाल, धनकुटा नगरपालिका वडा नं. १० धनकुटा, हाल : दिपायल

सास फेर्न गाह्रो भए ज्वरो आए अति
कोरोना नि हुन सक्छ लागे रुघा खोकी
विश्वभरी फैलिसक्यो विपत आयो ठुलो
लागी हाले कोरोनाको छैन दवाई मुलो
रोगी र शंकालुको नजिक हुनु हुन्न
बारम्बार नाक, मुख हातले छुनु हुन्न

जानु हुन्न भिडभाडमा गर्नु हुन्न जमघट
अटेर गरे आउन सक्छ देशैभरी संकट
बाहिर कतै जानु परे मास्क लाउनु पर्छ
माछा, मासु अण्डा पकाई खानु पर्छ
लक्षण देखिए कोरोनाको स्वास्थ्य केन्द्र जाऔ
विज्ञको सुझावलार्ई सबले अपनाऔ

अभिवादन गर्नलाई हात मिलाउन छोडौ
नमस्कार गरी सभ्य बनौ दुबै हात जोडौ
मिचिमिची हात धोऔ साबुन पानीले
कोरोनाले छुन पाउन्न यस्तो बानीले

सधै साथमा सफा रुमाल टिस्यु बोक्नु पर्छ
खोकी लाग्दा हाच्यू गर्दा नाक मुख छोप्नु पर्छ
केहि समय सिमा नाका ताला ठोक्नु पर्छ
सबै मिली कोरोनाको बाटो रोक्नु पर्छ

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!