नबिन कट्टेल
नबिन कट्टेल, धनकुटा

पखाली धर्तीको रोग सारा दु:ख, कष्ट शान्त हुन
चम्किरहोस मुहार सधै, लागिरहुन आकाशमा
तारा र जुन
वर्षा संगै बगुन धमिलो दागहरु, जीवन बनोस हराभरा
उब्जिउन वालिनाली लटरम्म खेतबारीका गरा

फुलुन सधै बेलि र चमेली शुवास छर्दै साथमा
पुगोस खान सबैलाइ मीठो मसिनो भागमा
फैलियोस भातृत्व शान्त, शुन्दर, सुखी बनी
नहुन कोहि दुखी रोगी नहोस हिंसा कतै पनि

आर्थिक विकासको रथ त्यो सबै मिलि हाक्न
नपरोस् है कहिले पनि बिदेशी लाई डाक्न
समता साथ ममता जागोस भन्ने छ चाहना
अरु के सक्छु र दिन, दिए यहीँ शुभकामना

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!