आज राष्ट्रिय प्रजातन्त्र दिवस
विराटनगर । आज ७५ औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानिया राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रजातन्त्र दिवस मनाउन थालिएको हो ।
फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको जगमा २०६३ साल वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो ।
यसै पृष्ठभूमिमा २०६५ सालको जेठ १५ गते पहिलो संविध...






























