विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर आउने भएका छन् । मोरङको कटहरी गाउँपालिका-२ हल्दीबारीमा दुई अर्ब लगानीमा निर्मित दुई सय बेडको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशनको उद्घाटनका लागि ओली विराटनगर आउन लागेका हुन् ।
प्रधानमन्त्री ओली दिउँसो १ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत विराटनगर आउने तय भएको छ । अस्पताल उद्घाटनपछि उनी दिउँसो ३ बजे काठमाडौं फर्कने छन् ।
सामाजिक व्यवसायको अवधारणामा मुनाफा वितरण नगर्ने नीतिअन्तर्गत अस्पताल सञ्चालनमा ल्याएको अस्पतालका अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलको भनाइ छ ।