‘मिस्टर नेपाल-२०२४’ मा विराटनगरका ३ सहित पूर्वबाट ८ जना

‘मिस्टर नेपाल-२०२४’ मा विराटनगरका ३ सहित पूर्वबाट ८ जना

विराटनगर । मिस्टर नेपाल–२०२४ प्रतिस्पर्धामा विराटनगरबाट तीनजना युवकले सहभागिता जनाएका छन् । उनीहरू सहित मोरङबाट चार जनाले सहभागिता जनाएको आयोजकले जानकारी दिएको छ । विराटगरका सागर घिमिरे, पिन्टु सान्याल, सोहज खान तथा पथरीका प्रकाश चौहानले प्रतिस्पर्धा गरिरहेका छन् । सुनसरीबाट अग्रज श्रेष्ठ तथा आदेश प्रधान (धरान) ले यो प्रतियोगितामा भाग लिएका छन् । यस्तै, झापाबाट मणि निरौला र सन्तोष लकसमले मिस्टर...
नुवाकोटमा हेलिकोप्टर दुर्घटनाः पाँच जनाको मृत्यु

नुवाकोटमा हेलिकोप्टर दुर्घटनाः पाँच जनाको मृत्यु

काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा एयर डाइनस्ट्रीको हेलिकोप्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये चारजना चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको छ । हेलिकोप्टरका पाइलट नेपाली नागरिक रहेको बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णुकुमार केसीले बताए । उनका अनुसार, ज्यान गुमाउनेमा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी, र क्याप्टेन के मल्...
सबै शारीरिक सम्बन्ध बलात्कार ठहर हुँदैनः सर्वोच्च अदालत

सबै शारीरिक सम्बन्ध बलात्कार ठहर हुँदैनः सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले सबै शारीरिक सम्बन्ध करणी/बलात्कार ठहर नहुने र दोषी करार गर्न नसकिने फैसला सुनाएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र टेकनारायण ढुङ्गानाको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो । सर्वाेच्चले २०८० चैत ७ गते यो विवादमा फैसला सुनाउँदै पीडक भनिएका अभिमन्यु अहिर (यादव) लाई जबरजस्ती करणी मुद्दामा सफाइ दिएको थियो । उक्त मुद्दाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले जबरजस्ती कर...
एसईईको पूरक परीक्षा आजदेखि

एसईईको पूरक परीक्षा आजदेखि

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा आजदेखि सुरु हुँदै छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने छ । सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थी पूरक परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ । परीक्षाफल रद्द भएकाहरूले भने पूरक परीक्षा दिन पाउने छैनन् । यस वर्ष एनजी ल्याएका ५२ हजार विद्यार्थी रहेको रा...
खुट्टाले लेखेर एसईई उत्तीर्ण गरेका कँडेललाई सांसद शर्माले दिए ल्यापटप

खुट्टाले लेखेर एसईई उत्तीर्ण गरेका कँडेललाई सांसद शर्माले दिए ल्यापटप

विराटनगर । खुट्टाले लेखेर एसईईमा उत्कृष्ट नतिजा ल्याउने गुल्मीका एक विद्यार्थीलाई सङ्घीय सांसद सुनील शर्माले ल्यापटप कम्प्युटर उपहार दिएका छन् । छत्रकोट गाउँपालिका–४ का १९ वर्षीय ऋषिराम कँडेललाई शर्माले ल्यापटप दिएका हुन् ।  खुट्टाले लेखेर एसईईमा ३.३७ जिपिए ल्याएका उनलाई ल्यापटप आवश्यक भएको कुरा सोही क्षेत्रका सांसद चन्द्र भण्डारीले जानकारी गराएका थिए । त्यसपछि शर्माले भण्डारी मार्फत ल्यापटप ह...
विपदका घटनामा देशभर १५० को मृत्यु, कोशी प्रदेशमा २५

विपदका घटनामा देशभर १५० को मृत्यु, कोशी प्रदेशमा २५

विराटनगर । बाढी पहिरोलगायत विपदका कारण मनसुन सुरु भएपछि देशभर गरी  १५० जनाको मृत्यु भएको छ । तीमध्ये कोशी प्रदेशका विभिन्न जिल्लाका २५ जनाले ज्यान गुमाएको नेपाल प्रहरीले जनाएको छ । बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २७ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदे...
गृहमन्त्री लेखकद्वारा केएमसीको निरीक्षण

गृहमन्त्री लेखकद्वारा केएमसीको निरीक्षण

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले काठमाडौंको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजको निरीक्षण गरेका छन् । केएमसीमा उपचाररत राष्ट्रिय सभा सदस्य बलदेव बोहराको स्वास्थ्य स्थिती बुझ्न पुगेका गृहमन्त्री लेखकले अस्पतालका विभिन्न विभागहरुको निरीक्षण गरेर जानकारी लिएका हुन् ।  गृहमन्त्री लेखकले अस्पतालको क्याथल्याब, एमआरआई, सीटीस्क्यानसहित अत्याधुनिक उपकरणको अवलोकन गरेर त्यहाँको अवस्था बारे जानकारी लिएको ...
आश्माकुमारी केसी बनिन् ‘मिस नेपाल-२०२४’

आश्माकुमारी केसी बनिन् ‘मिस नेपाल-२०२४’

विराटनगर । मिस नेपाल–२०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् । हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आश्माले ‘मिस नेपाल वर्ल्ड’ उपाधि जितेकी हुन् । आज आयोजित ग्राण्ड फिनालेमा मिस नेपाल इन्टरनेशनलको उपाधि करुणा रावतले जितिन् । त्यस्तै, मिस नेपाल अर्थको उपाधि सुमना केसी र मिस इन्टेलेक्चुअलको उपाधि दीक्षा अवस्थीले प्राप्त गरिन् । यो वर्षको प्रतियोगिताम...
आज ग्राण्ड फिनालेः को बन्ला नयाँ मिस नेपाल ?

आज ग्राण्ड फिनालेः को बन्ला नयाँ मिस नेपाल ?

विराटनगर । ‘मिस नेपाल–२०२४’ को ग्राण्ड फिनाले आज साँझ सम्पन्न हुँदैछ । हिडन ट्रेजरले ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा ग्राण्ड फिनाले आयोजना गर्दैछ । २६ जना युवतीहरू मध्येबाट आज नयाँ मिस नेपाल घोषणा हुनेछ । यसपटकको मिस नेपालमा अस्ट्रेलिया, अमेरिका, बेलायत तथा हङ्कङमा अध्ययन तथा रोजगारीको क्रममा बसोबास गरिरहेका नेपाली युवतीहरूले समेत सहभागिता जनाएका छन् । आयोजक संस्थाले प्रतियोगित...
१६ जिल्लाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने

१६ जिल्लाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले २ हजार ५२५ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्ने भएको छ । परिषद्ले देशभरका १६ जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने भएको हो । कोशी प्रदेशका इलाम र झापासहित धनुषा, चितवन, काठमाडौँ, रसुवा, रामेछाप, पर्वत, मुस्ताङ, पाल्पा, गुल्मी, प्युठान, रुकुम, सुर्खेत, बैतडी र कञ्चनपुरका सामुदायिक विद्यालयमा अध्...
कक्षा १२ को परीक्षामा ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को परीक्षामा ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण) भएका छन् ।  नियमिततर्फ परीक्षा ३ लाख ९० हजार ८६८ विद्यार्थीमध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन् । यसैगरी ग्रेड वृद्धितर्फ २०७८/७९ का २८.२६ प्रतिशत पास भएका ...
कक्षा १२ को नतिजा आज प्रकाशन हुने

कक्षा १२ को नतिजा आज प्रकाशन हुने

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डको बैठकले आज नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार नतिजा प्रकाशनका लागि अन्तिम चरणको प्रक्रिया भइरहेको छ । प्राविधिक त्रुटि वा केही भइपरी नआएमा आजै नतिजा प्रकाशन हुने सम्भावना रहेको उनले बताए । गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हज...
टेलिकमको सेवा आज चार घण्टा प्रभावित हुने

टेलिकमको सेवा आज चार घण्टा प्रभावित हुने

विराटनगर । नेपाल टेलिकमको सेवा आज चार घण्टा प्रभावित हुने भएको छ । बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि राति सेवा  प्रभावित हुन सक्ने टेलिकमले जनाएको छ । सूचना जारी गर्दै टेलिकमले बिलिङ प्रणाली स्तरोन्नति कार्यका लागि आज राति ११ बजेदेखि करिब ४ घण्टा अवधिका लागि सेवा प्रभावित हुन सक्ने जनाएको छ । ब्यालेन्स रिचार्ज, प्याकेज खरिद तथा क्यारी सेवा प्रभावित हुने जनाइएको छ । उक्त समयमा मोबाइल भ्वाइस,...
शास्त्रीय सङ्गीतका अगुवा गुरुदेव कामतको निधन

शास्त्रीय सङ्गीतका अगुवा गुरुदेव कामतको निधन

विराटनगर । शास्त्रीय संगीतमा देश, विदेशमा ख्याति कमाएका सङ्गीतकार एवं गायक गुरूदेव कामतको निधन भएको छ । आज बिहान ६ बजे जन्मथलो सिरहाको लक्ष्मणपुर पतारी गाउँपालिका–२ पोखरभिण्डामा उनको निधन भएको हो । ६९ वर्षका उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । काठमाडौँ बस्दै आएका उनी आर्थिक समस्याका कारण त्यहाँ उपचार गराउन नसकेपछि एक महिनाअघि मात्र गाउँ फर्किएका थिए । शास्त्रीय सङ्गीतमा निकै श्रद्धाका...
सांसद शर्मालाई धनकुटेलीको सम्मान

सांसद शर्मालाई धनकुटेलीको सम्मान

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा सम्मानित भएका छन् । नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका डा.शर्माले स्वास्थ्यसहित विभिन्न क्षेत्रमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै नेपाली कांग्रेस धनकुटा काठमाडौं सम्पर्क समितिले उनलाई सम्मान गरेको हो । नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई र सम्पर्क समितिका निवर्तमान कोषाध्यक्ष राजेश्वरवहादुर श्रेष्ठले सांसद शर्मालाई खादा, माला ...
कक्षा १२ को नतिजा आगामी साता आउने

कक्षा १२ को नतिजा आगामी साता आउने

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने भएको छ । त्यसका लागि आवश्यक प्रक्रिया पूरा गरी प्रशोधनको कार्य भइरहेको जनाइएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार साउन तेस्रो हप्ताभित्र नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ । कक्षा १२ को परीक्षा गत वैशाखमा भएको थियो । उक्त परीक्षामा चार लाख ९६ हजार विद्यार्थी सहभागी भएका थिए । बोर्डका अनुसार नियमि...
रोजगारीका लागि विदेश गएका १ हजार ३४६ नेपालीको मृत्यु

रोजगारीका लागि विदेश गएका १ हजार ३४६ नेपालीको मृत्यु

काठमाडौँ । एक वर्षको अवधिमा विदेशमा रहेका १ हजार ३४६ जना नेपालीको मृत्यु भएको छ । आर्थिक वर्ष २०८०/८१ मा त्यति सङ्ख्यामा नेपालीको मृत्यु भएको हो । एक तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा गएकाहरूको दैनिक औसतमा चारवटा शव नेपाल आउने गरेको छ । यो सङ्ख्या उक्त अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम दाबी गर्नेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थि...
सोलुखुम्बुकी लीलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव

सोलुखुम्बुकी लीलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव

काठमाडौँ । नेपालको प्रशासनिक इतिहासमा पहिलोपटक सरकारको मुख्यसचिव महिला बनेकी छन् । सोलुखुम्बुकी लीलादेवी गड्तौलाले यो जिम्मेवारी पाएकी हुन् । मन्त्रिपरिषद्ले कायममुकायम मुख्यसचिव रहेकी गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को आज बसेको बैठकले उनलाई कामु मुख्यसचिवबाट बढुवा गरी मुख्यसचिव बनाउने निर्णय गरेको हो । उनलाई असार ३१ गते निमित्त मुख्यसचिवबाट कामु मुख्यसचिवको जिम्मेवा...
सन् १९५५ यता नेपालमा ६९ हवाई दुर्घटनाः ९१८ जनाले गुमाए ज्यान

सन् १९५५ यता नेपालमा ६९ हवाई दुर्घटनाः ९१८ जनाले गुमाए ज्यान

काठमाडौ । नेपालमा हालसम्म भएका हवाई दुर्घटनामा ९१८ जनाको मृत्यु भएको छ । विश्वभर हुने हवाई दुर्घटनाको अभिलेख राख्ने संस्था ब्युरो अफ एयरक्राफ्ट एक्सिडेन्ट अर्काइभ (बीबीएए) का अनुसार नेपालमा हवाइ यातायात सुरु भएयता ६९ वटा दुर्घटना भएका छन् । उक्त संस्थाका अनुसार नेपालमा पहिलो पटक मानवीय क्षति हुने गरी सन् १९५५ मा कालिङ्गा एयरलाइन्सको विमान बाराको सिमरामा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा दुई ...
शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाइने

शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ । सरकारले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरिएको छ । यसैगरी, विमानहरुको अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिइएको पनि उनले जानकारी दिए । काठमाडौंबाट प...
जहाज दुर्घटनाः ४५ दिनभित्र प्रतिवेदन बुझाउने गरी आयोग गठन

जहाज दुर्घटनाः ४५ दिनभित्र प्रतिवेदन बुझाउने गरी आयोग गठन

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे जाँचबुझ गरी दुर्घटनाको कारण पत्ता लगाउन सरकारले पाँच सदस्यीय आयोग गठन गरेको छ । आयोगको संयोजक नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमन छन् । सदस्यहरूमा दिपुराज ज्वारचन, डा. सुदिप भट्टराई, सञ्जय अधिकारी र सदस्य सचिवमा मुकेश डंगोल छन् । आयोगलाई जाँचबुझ गरी ४५ दिनभित्र प्रतिवेदन बुझाउन कार्यदेश दिएको सरकारका प्रवक्ता पृथ्व...
सौर्यको जहाज दुर्घटनाः १८ जनाको शव फेला

सौर्यको जहाज दुर्घटनाः १८ जनाको शव फेला

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता हंशराज पाण्डेले जहाज दुर्घटनामा १८ जनाको शव भेटिएको जानकारी दिएका हुन् । तीमध्ये कति यात्रु र कति जहाजका कर्मचारी हुन् भन्ने खुलेको छैन। जहाजका पाइलट मनिष शाक्यलाई उपचारका लागि अस्पताल पठाइएको पाण्डेले बताएका छन् । दुर्घटनाको थप विवरण आउन बाँकी ...
सौर्य एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना

सौर्य एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना

विराटनगर । काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा विमान दुर्घटना भएको छ । आज बिहान ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा जाने क्रममा रनवेबाट दुर्घटनामा परेको हो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए ।  विमानस्थलमा आगलागी भइ धुवाँ उडिरहेको छ । सुरक्षाकर्मी र विम...
सांसद शर्माविरुद्ध पुगेन प्रमाण, अब मुद्दा नचल्ने

सांसद शर्माविरुद्ध पुगेन प्रमाण, अब मुद्दा नचल्ने

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माविरुद्ध मुद्दा नचल्ने भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदन पाएपछि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने प्रक्रिया अघि बढाएको हो । सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने गरी महान्यायाधिवक्ताको कार्यालयमा फाइल पठाएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा संस्थानबाट पीसीएल ...
विदेशमा उच्च शिक्षाः लाखभन्दा बढी नेपालीले लिए अध्ययन अनुमति

विदेशमा उच्च शिक्षाः लाखभन्दा बढी नेपालीले लिए अध्ययन अनुमति

विराटनगर । उच्च शिक्षा अध्ययनका लागि यो वर्ष ६६ वटा देशमा एक लाख १२ हजार ५९३ विद्यार्थीले अनुमति पत्र लिएका छन् । शिक्षा मन्त्रालयका अनुसार २०८० साउन १ देखि २०८१ असार ३१ सम्ममा उच्च शिक्षा अध्ययनका लागि अनुमतिपत्र लिनेमा सबैभन्दा बढी जापानमा ३४ हजार ७३१ जना रहेका छन् । त्यसैगरी, क्यानाडामा १५ हजार ९८२, अस्ट्रेलिया १४ हजार ३७२, बेलायत १३ हजार ३३९, अमेरिका ११ हजार २६१, दक्षिण कोरिया ६ हजार ८८९ जन...
देशभरका एम्बुलेन्सको रङ र साइरनमा एकरूपता ल्याउन निर्देशन

देशभरका एम्बुलेन्सको रङ र साइरनमा एकरूपता ल्याउन निर्देशन

विराटनगर । सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयले देशभर सञ्चालनमा रहेका एम्बुलेन्सका रङ, साइरन र अन्य सङ्केतहरूमा एकरूपता ल्याउन निर्देशन दिएको छ । राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ को दफा १५ ले निर्देशित गरेको मापदण्डअनुसार एकरूपता नआएको भन्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो । मन्त्रालयले सातै प्रदेशको प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समिति र ७७ वटै जिल्लाका एम्बुलेन्स व्यवस्थापन समितिलाई ...
विपदका घटनामा १३१ को मृत्यु, दर्जनौं घाइते

विपदका घटनामा १३१ को मृत्यु, दर्जनौं घाइते

काठमाडौँ । बाढी, पहिरोलगायत विपदका घटनामा परी आज दिउँसोसम्म मुलुकभर १३१ जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यकामा दुई जना तथा कोशी प्रदेशमा २२ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसैगरी, मधेसमा पाँच, बागमतीमा २५, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा सात र सुदूरपश्चिम प्रदेशमा नौ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । विभिन्न जिल्लामा भएका घटनामा १४४ जना ...
असुरक्षा बढेपछि बङ्गलादेशबाट काँकडभिट्टा हुँदै फर्किए ३४० विद्यार्थी

असुरक्षा बढेपछि बङ्गलादेशबाट काँकडभिट्टा हुँदै फर्किए ३४० विद्यार्थी

झापा । झापाको काँकडभिट्टा हुँदै तीन दिनमा ३४० जना नेपाली विद्यार्थी बङ्गलादेशबाट फर्किएका छन् । बङ्गलादेशमा हिंस्रक आन्दोलन चर्किएपछि उनीहरु घर फर्किएका हुन् । काँकडभिट्टास्थित अध्यागमन कार्यालयका प्रमुख मोहन पनेरुका अनुसार नेपाली विद्यार्थीसँगै बङ्गलादेशमा अध्ययनरत माल्दिभ्सकी एक छात्रासमेत काँकडभिट्टा नाका भएर नेपाल आएकी छन् । चिकित्सा शिक्षा अध्ययनका लागि हजारौँ नेपाली विद्यार्थी बङ्गलादेशम...
कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवस मनाइँदै

कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवस मनाइँदै

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी, नेकपा (माले) लगायत विभिन्न समूहमा छरिएका कम्युनिष्ट पार्टीहरूले कार्यक्रम आयोजना गरी पुष्पलालको योगदानको सम्झना गर्दैछन् । पुष्पलाल स्मृति प्रतिष्ठानले पुष्पलालको स्मृतिमा श्रद्धाञ्जली सभा, गोष्ठीलगायत कार्यक्रम गर्...
विराटनगर आएका हरिवंश आचार्य बिरामी भएपछि अस्पताल भर्ना

विराटनगर आएका हरिवंश आचार्य बिरामी भएपछि अस्पताल भर्ना

विराटनगर । प्रसिद्ध कलाकार हरिवंश आचार्य अस्वस्थ भएका छन् । विराटनगरमा एउटा कार्यक्रममा सहभागी हुन आएका उनी अचानक अस्वस्थ भएपछि विराट नर्सिङ होममा भर्ना भएका छन् । उनको विराट नर्सिङ होममा उपचार भइरहेको छ । नाकबाट रगत बग्ने समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । विराटनगरको हिमगिरि हाइजिङको ब्रान्ड एम्बेसडरको सम्झौता पत्रमा हस्ताक्षर गर्न मदनकृष्ण श्रेष्ठसँगै आचार्य शनिबार आएका थिए ।  ...
स्नातक तहमा पनि अब मौका परीक्षा दिन पाइने

स्नातक तहमा पनि अब मौका परीक्षा दिन पाइने

विराटनगर । त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा अनुत्तीर्ण हुने विद्यार्थीले एक महिनाभित्र मौका (पूरक परीक्षा) दिन पाउने व्यवस्था गरेको छ । त्रिवि प्राज्ञिक परिषद्ले वार्षिक प्रणालीअन्तर्गत स्नातक तहको अन्तिम वर्षमा अनुत्तीर्ण हुने विद्यार्थीलाई मौका दिन पाउने निर्णय गरेको हो । उपकुलपति केशरजङ्ग बरालका अनुसार सेमेस्टर प्रणालीमा ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था रहेकोमा अब वार्षिक प्रणालीमा...
error: Content is protected !!