भोजपुरका किसान खोर्सानी खेतीमा आकर्षित
भोजपुर । पछिल्लो समय भोजपुरमा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्न थालिएको छ । राम्रो आम्दानी हुने भएपछि कृषकहरू खोर्सानी खेती तर्फ आकर्षित भएका हुन् ।
अकबरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका भोजपुर नगरपालिका-५ का फविन्द्र प्रधान खुर्सानीबाट राम्रो आम्दानी गर्न सकिने बताउँछन् । उनले २० रोपनी क्षेत्रफलमा खोर्सानी लगाएका छन् ।
उनले भने, ‘यहाँ उत्पादित खोर्सानी बाहिर निर्यात हुने भएकाले थप स...




























