कोयोङ्वा थरको पहिलो वंशावली पुस्तक सार्वजनिक

कोयोङ्वा थरको पहिलो वंशावली पुस्तक सार्वजनिक

धरान । याक्खा समुदायभित्रको कोयोङ्वा थरको पहिलो वंशावली पुस्तक औपचारिक रूपमा सार्वजनिक गरिएको छ । धरानस्थित किरात याक्खा छुम्माको केन्द्रीय भवनमा आयोजित एक विशेष समारोहका बीच ‘कोयोङ्वा वंशावली’ पुस्तकको विमोचन गरिएको हो । कोयोङ्वा याक्खा समाज केन्द्रीय कार्य समितिको प्रकाशनमा तयार गरिएको उक्त पुस्तक समाजका अध्यक्ष कृष्णकुमार कोयोङ्वा, संस्थापक अध्यक्ष हेमराज कोयोङ्वा र किरात याक्खा छुम्माका केन...
शिक्षक महासङ्घद्वारा थप आन्दोलनको घोषणा, सोमबारदेखि शैक्षिक हड्ताल

शिक्षक महासङ्घद्वारा थप आन्दोलनको घोषणा, सोमबारदेखि शैक्षिक हड्ताल

विराटनगर । नेपाल शिक्षक महासङ्घले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । काठमाडौंकेन्द्रित आन्दोलनमा रहेको महासङ्घले सोमबारदेखि शैक्षिक हड्ताल गर्ने जनाएको हो । महासङ्घले आज विज्ञप्ति जारी गर्दै आन्दोलनलाई अझ सशक्त बनाउन चैत्र २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरिएको जनाएको छ । महासंघले माघ २० गतेदेखि आन्दोलन गरिरहेको र चैत २० गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन भइरहेको जनाएको छ । ‘गुणस्तरीय व...
आज रामनवमी पर्व मनाईँदै

आज रामनवमी पर्व मनाईँदै

विराटनगर । आज रामनवमी पर्व मनाईंदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक भगवान् रामको पूजा गरेर यो पर्व मनाउने गर्छन् । हरेक वर्षको चैत शुक्ल नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार रामनवमी पर्वको महत्व रामजस्तै मर्...
आज इस्लाम धर्मावलम्बीहरूको इद पर्व

आज इस्लाम धर्मावलम्बीहरूको इद पर्व

विराटनगर । आज इस्लाम धर्मावलम्बीहरूले ईद उल फित्र अर्थात ईद पर्व मनाउँदै छन् । हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा यो पर्व मनाइन्छ । इदलाई प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाई आदान-प्रदान गरेर उत्सवको रूपमा मनाउने चलन छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुरलगायत मीठा खानेकुरा खान दिने प्रचलन छ । खुशीपूर्वक दान गरेर दीनदुःखीलाई बाँडिने भएकाले...
सोमबार सार्वजनिक बिदा

सोमबार सार्वजनिक बिदा

विराटनगर । सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व इदका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो । गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदा दिएको उल्लेख गरेका छन् ।
राजावादीले घरमा आगो लगाउँदा जलेर पत्रकारको मृत्यु

राजावादीले घरमा आगो लगाउँदा जलेर पत्रकारको मृत्यु

काठमाडौँ । काठमाडौंको तीनकुनेमा राजावादीले घरमा आगो लगाउँदा जलेर पत्रकारको मृत्यु भएको छ । दृष्य खिच्न घरमा चढेका बेला आन्दोलनकारीले आगो लगाउँदा जलेर एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको हो । आन्दोलनकारीले तीनकुनेस्थित एक घरमा तोडफोड गर्दै आगो लगाएका थिए । सोही क्रममा पत्रकार रजक आगोमा जलेका हुन् । उनी घरको चौथो तलामा पुगेर दृश्य लिइरहेका थिए ।
राजावादीको प्रदर्शनमा घाइते भएका एक जनाको मृत्यु

राजावादीको प्रदर्शनमा घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । राजावादीले शुक्रबार काठमाडौंको तिनकुनेमा गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । प्रदर्शनले हिंसात्मक रुप लिएपछि प्रहरीले चलाएको गोली लागेर घाइते भएका कीर्तिपुर-४ बस्ने २९ वर्षीय सविन महर्जनको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । अस्पताल ल्याएलगत्तै डाक्टरले उनलाई मृत घोषित गरेका हुन् । मृत...
काठमाडौंको तीनकुने क्षेत्रमा कफ्‌र्यु 

काठमाडौंको तीनकुने क्षेत्रमा कफ्‌र्यु 

काठमाडौं । राजावादीको प्रदर्शन अराजक बनेपछि तीनकुने क्षेत्रमा कफ्‌र्यु लगाइएको छ । राजावादीहरूको प्रदर्शन अराजक र हिंसात्मक बन्दै गएपछि कफ्‌र्यु जारी गरिएको हो ।
आजको प्रदर्शनका घाइतेलाई केएमसीले निःशुल्क उपचार गरिदिने

आजको प्रदर्शनका घाइतेलाई केएमसीले निःशुल्क उपचार गरिदिने

विराटनगर । आजको प्रदर्शनमा घाइते भएकाहरूलाई काठमाडौं मेडिकल कलेज (केएमसी)ले निःशुल्क उपचार गरिदिने भएको छ । अस्पतालका प्रशासन प्रमुख नारायण प्रसाद दाहालले एक विज्ञप्ति जारी गर्दै निःशुल्क उपचार गरिदिने जनाएका हुन् । सामाजिक उत्तरदायित्व अन्तरगत घाइतेहरूको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको उल्लेख गरिएको छ । तर, उपचार गर्दा लाग्ने औषधी र औषधीजन्य सामग्री सम्बन्धित व्यक्तिले नै प्रबन्ध गर्नुप...
राजावादीको प्रदर्शनमा पुगेका एक व्यक्तिको सुनको सिक्री हराएपछि…

राजावादीको प्रदर्शनमा पुगेका एक व्यक्तिको सुनको सिक्री हराएपछि…

विराटनगर । राजावादीको प्रदर्शनमा पुगेका एक व्यक्तिले साढे दुई तोलाको सुनको सिक्री लुटिएको बताएका छन् । जुलुसतर्फ अघि बढ्दा आफूलाई पछाडिबाट थिच्दै घाँटीमा लगाइराखेको सिक्री लुटिएको उनले बताएका हुन् । उनले एक भिडियोमा भनेका पछाडिबाट घाँटीमा समाएर सिक्री लुटेको उल्लेख गरेका छन् । उनले आफूसँग अब रुनु बाहेकको विकल्प नभएको बताएका छन् । उनले तीन लाख मूल्य बढीको सिक्री लुटिएको जनाएका छन् । उनले बिलौना...
राजावादीको प्रदर्शनमा सुरक्षाकर्मीको बन्दुक खोसियो

राजावादीको प्रदर्शनमा सुरक्षाकर्मीको बन्दुक खोसियो

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शन उग्र बनेको छ । प्रदर्शनकारीले सुरक्षाकर्मीको बोकेको बन्दुक समेत खोसेका छन् । यस्तै प्रदर्शनकारीले एक महिला सशस्त्र प्रहरीको टाउको समेत फुटाइदिएका छन् । प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा तीनकुनेस्थित एक घरमा आगजनी समेत भएको छ । घरमा लागेको आगो नियन्त्रणको प्रयास ...
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदबाट हटाउने निर्णय

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदबाट हटाउने निर्णय

विराटनगर । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय भएकाे छ । आज साँझ बसेकाे मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेकाे बताइएकाे छ । सरकारले घिसिङलाई यसअघि पटकपटक स्पष्टीकरण सोध्दै आएको थियो ।
आजबाट प्रेस चौतारीको महाधिवेशन, एमाले महासचिव पोखरेलले उद्‌घाटन गर्ने

आजबाट प्रेस चौतारीको महाधिवेशन, एमाले महासचिव पोखरेलले उद्‌घाटन गर्ने

विराटनगर । नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको १० औं महाधिवेशन आजबाट सुरु हुँदैछ । विराटनगरको होटल मनास्लु इनमा तीन दिनसम्म चल्ने महाधिवेशनको उद्‌घाटन एमाले महासचिव शंखर पोखरेलले गर्नेछन् । यसअघि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्‌घाटन गर्ने तयारी भएपनि ओली नआउने भएपछि पोखरेलले उद्‌घाटन गर्ने भएका हुन् । महाधिवेशनमा देशभरबाट ९ सय प्रतिनिधि विराटनगर आइपुगे...
देशभर आज स्ववियु निर्वाचन हुँदै

देशभर आज स्ववियु निर्वाचन हुँदै

विराटनगर । देशभर आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्ववियु निर्वाचन हुन लागेको हो । त्रिभुवन विश्वविद्यालय मातहत ६४ वटा आङ्गिक क्याम्पस र १ हजार ५३ वटा सम्बन्धन प्राप्त क्याम्पस छन् । जसमध्ये दुई वटा आङ्गिक र ८५ भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा निर्विरोध निर्वाचन भइसकेको छ । विवादका कारण कतिपय क्याम्प...
आज हिमाल र पहाडमा होली पर्व मनाइँदै

आज हिमाल र पहाडमा होली पर्व मनाइँदै

विराटनगर । आज हिमाली र पहाडी भेगमा फागु अर्थात होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सदभावनाको सन्देश लिई आउने फागु पर्व हर्षाेल्लासका साथ एकआपसमा रङ्ग र लोला खेली मनाउने गरिन्छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रूपमा फागु पर्व मनाउने चलन छ । हिरण्यकशिपुले बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रल्हादसहित पस्न लगाउँदा होलिका भष्म भएकी र ...
प्राज्ञिक विद्यार्थी परिषद्को दशौं राष्ट्रिय अधिवेशनमा एक हजार प्रतिनिधि सहभागि हुने

प्राज्ञिक विद्यार्थी परिषद्को दशौं राष्ट्रिय अधिवेशनमा एक हजार प्रतिनिधि सहभागि हुने

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । आज चितवनमा पत्रकार सम्मेलन गर्दै आगामी चैत्र २ गतेबाट सुरु हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको परिषद्ले जनाएको हो । चितवन उद्योग सङ्घमा हुने अधिवेशनमा देशभरबाट एक हजार प्रतिनिधि सहभागि हुने परिषद्ले जनाएको छ । राष्ट्रिय सुरक्षा स्वावलम्बन, सुशासन, शिक्षा, समाज, जीवन तथा राष्ट्रिय स्तरका विषय...
विराटनगर जेसिजले मनायो स्थापना दिवस 

विराटनगर जेसिजले मनायो स्थापना दिवस 

विराटनगर । विराटनगर जेसिजले ५२ औं स्थापना दिवस मनाएको छ । एम्स कलेज र जेसिज सचिवालयमा विभिन्न कार्यक्रम गर्दै स्थापना दिवस मनाएको हो । एम्स कलेजमा विद्यार्थी तथा जेसिज प्रतिनिधिले रक्तदान गरेका छन् । जेसिजलाई विराटनगरमा पहिलो रक्तदान गर्ने संस्थाको रूपमा लिइन्छ । त्यस्तै जेसिजको सचिवालयमा भएको विशेष कार्यक्रममा कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर राधिका थपलियालाई सम्मान गरिएको छ । स्व...
आज ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस 

आज ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस 

विराटनगर । ‘सबै महिला तथा बालिकाका लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ आज ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । विश्वभरि विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने लक्ष्यका साथ दिवस मनाइँदैछ । महिलालाई शि...
अर्पण स्कुलको वार्षिकोत्सवमा विद्यार्थी, शिक्षक तथा कर्मचारी सम्मानित

अर्पण स्कुलको वार्षिकोत्सवमा विद्यार्थी, शिक्षक तथा कर्मचारी सम्मानित

विराटनगर । विराटनगर-४ राजवंशी चोकमा अवस्थित अर्पण अङ्ग्रेजी स्कुलले २४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । शनिबार स्कुल प्राङ्गणमा विभिन्न कार्यक्रम गर्दै वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । वार्षिकोत्सवका अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले नाटकसहित विभिन्न सांस्कृतिक कार्यक्रममार्फत अभिभावक तथा अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास...
मेरिल्यान्डको २२ औं वार्षिकोत्सवमा विद्यार्थी, शिक्षक र कर्मचारी सम्मानित

मेरिल्यान्डको २२ औं वार्षिकोत्सवमा विद्यार्थी, शिक्षक र कर्मचारी सम्मानित

विराटनगर । विराटनगर-७ मा रहेको मेरिल्यान्ड कलेजले २२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यतामा विविध कार्यक्रमको आयोजना गरी कलेजले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । सोही अवसरमा कलेजले विभिन्न सालमा कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र बीबीएस तहमा बोर्ड प्रथम तथा द्वितीय हुने छात्र-छात्रालाई पुरस्क...
आज ग्याल्पो ल्होसार मनाइँदै

आज ग्याल्पो ल्होसार मनाइँदै

विराटनगर । आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले यो पर्व मनाउँदै आएको छ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२ औं ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेख...
अपडेट : सिन्धुपाल्चाेककाे भैरव कुण्ड केन्द्रविन्दु भएर भुकम्प, ६.१ रेक्टर मापन

अपडेट : सिन्धुपाल्चाेककाे भैरव कुण्ड केन्द्रविन्दु भएर भुकम्प, ६.१ रेक्टर मापन

विराटनगर । सिन्धुपाल्चोक जिल्लाको भैरव कुण्ड केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलकाे भुकम्प गएकाे छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज राति २ बजेर ५१ मिनेटमा भुकम्प गएकाे हाे ।भूकम्पले काेशी प्रदेशसहित देशभर प्रभाव पारेको छ ।
विराटनगरसहितका स्थानमा भुकम्पकाे धक्का महशुस

विराटनगरसहितका स्थानमा भुकम्पकाे धक्का महशुस

विराटनगर । विराटनगरसहित देशका विभिन्न स्थानमा भूकम्कपको धक्का महसुस गरिएको छ। आज बिहान २ः५२ बजे भूकम्पको धक्का महसुस गरिएको हो। थप विवरण आउन बाँकी छ ।
मुख्यमन्त्री कार्यालय अगाडि शिक्षक आन्दोलित

मुख्यमन्त्री कार्यालय अगाडि शिक्षक आन्दोलित

विराटनगर । नेपाल शिक्षक महासङ्घ कोशी प्रदेशको नेतृत्वमा कोशी प्रदेशका १४ वटै जिल्लाका शिक्षक आन्दोलित भएका छन् । पेशागत र शैक्षिक मागहरू राखेर कोशी प्रदेश सहित देशैभरका शिक्षक तथा कर्मचारी आन्दोलित भएका हुन् । नारा जुलुससहित भेला भएका उनीहरूले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीलाई आज ज्ञापन पत्र  बुझाएका छन् । लामो समयदेखि सामुदायिक विद्यालयहरूमा कार्यरत स्थायी तथा अस्थायी शिक्षक, ...
बर्जु ताललाई भूमाफियाको चङ्गुलबाट जोगाइदिन प्रचण्डसँग आग्रह

बर्जु ताललाई भूमाफियाको चङ्गुलबाट जोगाइदिन प्रचण्डसँग आग्रह

सुनसरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीको चिमडी स्थित बर्जु तालको अवलोकन गरेको छन् । अवलोकनका क्रममा बर्जु ताल सिमसार विकास तथा संरक्षण समितिले यसको संरक्षण र विकासका लागि पहल गरिदिन प्रचण्डसँग आग्रह गरेको छ । पूर्वी नेपालकै ठूलो मध्येको एउटा ताल भएकाले भूमाफियाको चङ्गुलबाट जोगाउँदै आवश्यक संरक्षण र विकासका लागि समितिले आग्रह गरेको हो । जनतासँग माओवादी, तराई म...
आज महाशिवरात्रि पर्व मनाइँदै

आज महाशिवरात्रि पर्व मनाइँदै

विराटनगर । आज महाशिवरात्रि पर्व मनाइँदैछ । भगवान् शिवजी उत्पत्ति भएको दिनको रूपमा आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरेर यो पर्व मनाउने प्रचलन छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीमा यो पर्व मनाउने गरिन्छ । पर्वको अवसरमा विराटनगरसहित देशभरका शिवालयहरू बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरूप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि पर...
लायन्स क्लब अन्तर्राष्ट्रियको सहयोगमा मोरङ कारागारमा प्रतीक्षालय निर्माण

लायन्स क्लब अन्तर्राष्ट्रियको सहयोगमा मोरङ कारागारमा प्रतीक्षालय निर्माण

विराटनगर । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ‘सी’ले मोरङ कारागारमा निर्माण गरेको प्रतीक्षालय हस्तान्तरण गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको प्रमुख आतिथ्यमा प्रतीक्षालय हस्तान्तरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी यादवले सेवाका क्षेत्रमा लायन्सले धेरै कार्य गर्ने गरेको सुनेको बताउँदै अहिले आफूले प्रत्यक्ष देखेको बताए । लायन्स क्लब अन्तर्राष्ट्रिय फाउन्डेसनको एक हजार...
राष्ट्रपति रनिङ शिल्डमा विजेता विद्यार्थीहरूलाई सम्मान

राष्ट्रपति रनिङ शिल्डमा विजेता विद्यार्थीहरूलाई सम्मान

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-२ झोराहाटमा रहेको जनक मेमोरियल सेकेन्डरी बोर्डिङ स्कुलले राष्ट्रपति रनिङ शिल्डमा विजेता भएका विद्यार्थीहरूलाई सम्मान गरेको छ । छैटौं संस्करणको ग्रामथान गाउँपालिका अन्तर विद्यालययस्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेता विद्यार्थीहरूलाई आज एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको हो । फागुन ७ गतेदेखि दुई दिनसम्म ग्रामथान-६ स्थित पब्लिक माध्यमिक विद्यालयमा भएको ...
शिक्षा ऐन कार्यान्वयनको माग राख्दै देशैभरका शिक्षक आन्दोलित 

शिक्षा ऐन कार्यान्वयनको माग राख्दै देशैभरका शिक्षक आन्दोलित 

विराटनगर । शिक्षकका विभिन्न घटक संस्थाहरूमा आबद्ध शिक्षकहरू आन्दोलनमा होमिएका छन् । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको गत माघ १६ र १७ गते काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार देशैभरिका शिक्षक आन्दोलित भएका हुन् । यसअघि सात सय ५३ वटै पालिकामा ज्ञापनपत्र तथा ध्यानाकर्षण पत्र बुझाइसकेका उनीहरूले फागुन ८ गते शुक्रबार विद्यालय व्यवस्थापन समिति तथा विद्यार्थी र अभिभावकसँग अन्तर...
विराटनगरको रानी नाका हुँदै फर्किए ७५ जना विद्यार्थी

विराटनगरको रानी नाका हुँदै फर्किए ७५ जना विद्यार्थी

विराटनगर । भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत ७५ जना विद्यार्थी रानी नाका हुँदै नेपाल फर्किएका छन् । उनीहरू आज नेपाल फर्किएका मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । यादवका अनुसार मोरङका ३६, सप्तरीका १६, सुनसरीका ११, काठमाडौंका ३, सिरहाका ३, सर्लाहीका २, जनकपुरका २, ललितपुरका १ र उदयपुरका १ जनासहित ७५ जना फ...
प्रजातन्त्रको रक्षा गर्नु सबैको जिम्मेवारी हो : मुख्यमन्त्री कार्की

प्रजातन्त्रको रक्षा गर्नु सबैको जिम्मेवारी हो : मुख्यमन्त्री कार्की

विराटनगर । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न प्रजातन्त्रको रक्षा र प्रवर्द्धन अनिवार्य रहेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । प्रजातन्त्र दिवस २०८१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले नेपाली जनताले ठूलो सङ्घर्ष र बलिदानपछि प्रजातन्त्र प्राप्त गरेको स्मरण गर्दै यसको रक्षा गर्नु सबैको जिम्मेवारी र...
error: Content is protected !!