विराटनगर । आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद मनाइँदैछ । इदुल फित्र अर्थात रमजान पर्वको ७० औँ दिनमा बकर ईद मनाउने गरिन्छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गएर सामूहिक नमाज पढेर यो पर्व मनाउँछन् ।
नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गरिन्छ । हिजरी सम्वत् अनुसार १४४० वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।
यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान नपाउने हजयात्रीसमेतले घर घरमै बकर ईद मनाउँछन् । मुस्लिम धर्मावलम्बीले आजदेखि पर्सि सोमबारसम्म तीन दिन यो पर्व मनाउने गर्छन् ।