धनकुटामा तीन जनाले लिए उम्मेद्वारी फिर्ता, तीन पदका लागि १८ उम्मेद्वार भिड्दै
धनकुटा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि धनकुटामा उम्मेद्वारी दिएका २१ मध्ये ३ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वारी दिएका दुई र प्रदेश सभा क्षेत्र नं.१ मा उम्मेद्वारी दिएका एक जनाले उम्मेद्वारी फिर्ता लिएका हुन् ।
प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वारी दिएका राप्रपा नेपालका अमुल राई र स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका गंगा...































