
विराटनगर । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । बिहान १० बजेदेखि सुरु भएको मतदानमा यो समाचार तयार पार्दासम्म एक सय ७४ मत खसेको छ ।
संस्थापन समूहबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र इर्जालाल राजवंशी चुनावी मैदानमा छन् ।
यस्तै संस्थापन इतर समूहबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा उषा झा र सन्तोष बान्तवा छन् । निर्वाचनबाट एक सय ६५ जना निर्वाचित हुने छन् । जिल्ला अधिवेशनबाट ७१ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।
निर्वाचन समितिका अनुसार अधिवेशनमा तीन सय २५ जनाले मनोनयन दर्ता गराएका थिए । तीमध्ये ७१ जना निर्विरोध निर्वाचित भए भने ६३ जनाले उम्मेदवारी फिर्ता लिए । पाँच पदाधिकारीसहित ९४ पदका लागि एक सय ९१ जना चुनावी मैदानमा छन् । अधिवेशनमा नौ सय ११ प्रतिनिधि छन् ।

संगालोखबर 













