
विराटनगर । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज विराटनगर आउँदैछन् । एमाले मोरङको १० औं जिल्ला अधिवेशन उद्घाटन गर्न प्रधानमन्त्री विराटनगर आउन लागेका हुन् ।
एमाले मोरङको अधिवेशन होटल मनास्लु इनमा हुने छ । प्रधानमन्त्री आउने भएपछि विराटनगरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । अधिवेशनले १ सय ६५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । जिल्ला अधिवेशनका लागि ९ सय १४ जना प्रतिनिधि छानिएका छन् ।
जसमध्ये १७ वटा स्थानीय तहको १ सय ५९ वडाबाट ६ सय ९२ जना, २३ वटा जनवर्गीय सङ्गठनमा १ सय १ जना, विशेष क्षेत्रबाट २४ जना, दलित ५१ जना र मनोनित ४६ गरी ९ सय १४ जना प्रतिनिधि चयन गरिएको छ ।

संगालोखबर 













