एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित

एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित

काठमाडौं । झापा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा एमालेका सांसद देवराज घिमिरे प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका छन् । बिहीबार भएको मतदानमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेलाई पराजित गर्दै घिमिरे सभामुखमा निर्वाचित भएका हुन् । उनले १६७ मत पाए भने कांग्रेसकी न्यौपानेले १०० मत पाइन् । प्रतिनिधिसभाका २७५ सांसद मध्ये २६८ जना मतदानमा सहभागी थिए । एक जना सांसद भने तटस्थ रहे । घिमिरेल...
झापाका घिमिरेलाई एमालेले बनायो सभामुखको उम्मेदवार

झापाका घिमिरेलाई एमालेले बनायो सभामुखको उम्मेदवार

काठमाडौं । झापाका देवराज घिमिरेलाई नेकपा एमालेले सभामुखको उम्मेदवार बनाएको छ । झापा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित घिमिरेलाई एमालेले सर्वसम्मत उम्मेदवार बनाएको हो । आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयनको समय तोकिएको छ । सोही अनुसार घिमिरेले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा पुगेर मनोनयन दर्ता गर्नेछन् । सभामुखको निर्वाचन बिहीबार हुँदैछ ।
धनकुटाका राजेन्द्र राईले पाए भूमि व्यवस्था मन्त्रीको जिम्मेवारी

धनकुटाका राजेन्द्र राईले पाए भूमि व्यवस्था मन्त्रीको जिम्मेवारी

काठमाडौं । नवनियुक्त मन्त्री राजेन्द्र राईले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी पाउने भएका छन् । दलहरुबीच मन्त्रालय बाँडफाँडका क्रममा एमालेको भागमा परेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मा मन्त्री राईलाई दिन लागिएको हो । धनकुटाबाट प्रतिनिधि सभा सदस्यमा बिजयी भएका एमाले केन्द्रिय सदस्य राई गत पुस ११ गते मन्त्री नियुक्त भएका हुन् । सोही दिन उनीसहितक...
भोजपुरका सुदन किराँती पर्यटन मन्त्री बन्ने

भोजपुरका सुदन किराँती पर्यटन मन्त्री बन्ने

भोजपुर । माओवादी केन्द्रका नेता सुदन किराँती संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बन्ने भएका छन् । मन्त्रालय भागबन्डामा माओवादीको भागमा परेको पर्यटन मन्त्रालयको जिम्मा पार्टीले नेता किराँतीलाई दिने भएको हो । किरातीले पर्यटन मन्त्रीको जिम्मेवारी सम्हाल्न लागेको सामाजिक सञ्जाल मार्फत खुलाएका छन् । भोजपुरबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित किराँती मन्त्री बन्ने चर्चा यसअघि नै चलेको भएपनि उनले...
प्रतिनिधि सभा बैठकमा उपस्थित दुई बाहेक सबैले दिए प्रधानमन्त्रीलाई विश्वासको मत

प्रतिनिधि सभा बैठकमा उपस्थित दुई बाहेक सबैले दिए प्रधानमन्त्रीलाई विश्वासको मत

काठमाडौं । प्रतिनिधि सभा बैठकमा उपस्थित दुई बाहेक सबै सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका छन् । विश्वासको मत प्रस्तावको पक्षमा २६८ सांसदले मतदान गरेका हुन् । २७५ प्रतिनिधि सभा सदस्य मध्ये बैठकमा २७० जना उपस्थित थिए । जसमध्ये नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले बाहेक सबैले विस्वासको मत दिएका हुन् । प्रधानमन्त्री दा...
प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिँदै छन् । उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र तीन सांसदको समर्थन छ । नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम यही पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्...
एमाले नेता कार्की प्रदेश १ को मुख्यमन्त्री बन्दै, ६० सांसदको समर्थन

एमाले नेता कार्की प्रदेश १ को मुख्यमन्त्री बन्दै, ६० सांसदको समर्थन

विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । ९३ प्रदेश सभा सदस्य रहेको प्रदेश १ का ६० जना प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष नेता कार्कीले दाबी पेश गरेका हुन् । प्रदेश प्रमुखले सरकार गठनका लागि आज साँझ ५ बजेसम्मको समय दिएका थिए । समय सिमा सकिनु अगावै कार्कीले झण्डै दुई तिहाइ सांसदको समर्थनमा दाव...
प्रदेश १ः आज प्रदेश सभाको पहिला बैठक

प्रदेश १ः आज प्रदेश सभाको पहिला बैठक

विराटनगर । प्रदेश १ को प्रदेश सभाको पहिलो बैठक आज बस्ने भएको छ । पहिलो बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईले गर्नेछन् । बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ । त्यस्तै प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अङ्गीकार गरी बैठक सञ्चालन गर्न प्रस्ताव प्रस्तुत हुनेछ...
प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा थापा निर्वाचित

प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा थापा निर्वाचित

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा कांग्रेस प्रदेश १ सभापति उद्धव थापा निर्वाचित भएका छन् । शुक्रबार बिहान भएको निर्वाचनमा १८ मतसहित थापा निर्वाचित भएका हुन् । दलको नेताका उम्मेदवार केदार कार्कीले ९ मत प्राप्त गरे भने अर्का उम्मेदवार अृमत अर्यालले २ मत मात्रै प्राप्त गरे । दलको नेतामा विजयी थापा कृष्णप्रसाद सिटौला प्यानलका हुन् । कार्की शेखर कोइराला टिमबाट उम्मेदवार बनेका थ...
प्रदेश १ कांग्रेस संसदीय दलमा तीन जनाको उम्मेदवारी

प्रदेश १ कांग्रेस संसदीय दलमा तीन जनाको उम्मेदवारी

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको निर्वाचनमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । संस्थापन पक्षका देउवा पक्षीय नेता अमृत अर्याल र सिटौला पक्षका नेता उद्धव थापाले उम्मेदवारी दर्ता गराउँदा संस्थापनइतर पक्षबाट केदार कार्कीले उम्मेदवारी दर्ता गराएका हुन् । दलको नेतामा यसअघि दाबी गरिरहेका भीम पराजुलीले भने उद्धव थापालाई समर्थन गरेका छन् । संस्थापन पक्षले एक जना मात्रै उम्मेदवार बनाउ...
प्रदेश १ को मुख्यमन्त्रीमा माओवादीको दाबी

प्रदेश १ को मुख्यमन्त्रीमा माओवादीको दाबी

विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश १ मा सरकारको नेतृत्वमा दावी गरेको छ । बुधबार बसेको प्रदेश १ समितिको पदाधिकारी बैठकले सरकारको नेतृत्वमा दावी गर्ने निर्णय गरेको हो । नेतृत्वमा दावी गर्ने र त्यसका लागि अन्य दलहरुसँग छलफल अघि बढाउने बताइएको छ । सरकार गठन र अन्य दलसँगको सहकार्यका लागि ३ सदस्यीय वार्ता टोली गठन गरिएको छ । पार्टी सचिव राम कार्कीको संयोजकत्वमा रहेको वार्ता टोलीमा इन्द्रबहादु...
प्रदेश १ माओवादी केन्द्र संसदीय दलको नेतामा आङ्बो

प्रदेश १ माओवादी केन्द्र संसदीय दलको नेतामा आङ्बो

विराटनगर । प्रदेश १ मा माओवादी केन्द्रको संसदीय दलको नेता चयन गरिएको छ । संसदीय दलको नेतामा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो चयन भएका हुन् । मंगलबार बसेको बैठकले उनलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो । आङ्बो पाँचथर १ (ख) बाट निर्वाचित भएका हुन् । प्रदेशसभामा माओवादी केन्द्रको १३ सिट रहेको छ ।
प्रदेश १ प्रदेश सभाको प्रथम अधिवेशन आह्वान

प्रदेश १ प्रदेश सभाको प्रथम अधिवेशन आह्वान

विराटनगर । प्रदेश नम्बर १ का प्रदेश प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभाको प्रथम अधिवेशन आह्वान गरेका छन् ।प्रदेश सभाको प्रथम अधिवेशन पुस १७ गते आइतबार दिउँसो १ बजेका लागि आह्वान गरिएको हो । प्रदेश सरकार, मन्त्रिपरिषद्को पुस ११ गतेको सिफारिसमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको आह्वान गरेका हुन् ।
प्रदेश १ : नेपाली कांग्रेस संसदीय दलको नेता छान्न पुस १५ मा निर्वाचन

प्रदेश १ : नेपाली कांग्रेस संसदीय दलको नेता छान्न पुस १५ मा निर्वाचन

विराटनगर । प्रदेश नम्बर १ मा नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि पुस १५ गते मतदान हुने भएको छ । प्रदेश निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार पुस १५ गते बिहान ९ बजेदेखि १० बजेसम्म मतदान समय तोकिएको छ । पुस १४ गते बिहान ९ बजे मतदाता नामावली सार्वजनिक गर्ने कार्यतालिका छ । पुस १४ गते १२ः३० देखि १ः३० सम्म उम्मेदवारी दर्ता गरिने र सोही दिन अपरान्ह ४ बजेसम्म उम्मेद्वारक...
धनकुटाका राजेन्द्र राईले लिए मन्त्रीको सपथ

धनकुटाका राजेन्द्र राईले लिए मन्त्रीको सपथ

धनकुटा । नवनियुक्त मन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको सपथ ग्रहणपछि राष्ट्रपति विद्यादेवी भण्डारीले तीन उपप्रधान र राईसहित चार मन्त्रीलाई सपथ ग्रहण गराएकी हुन् । उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले सपथ ग्रहण गरेका छन् । पौडेलले अर्थ, श्रेष्ठले भ...
पौडेल, श्रेष्ठ र लामिछानेले लिए उपप्रधानमन्त्रीको सपथ

पौडेल, श्रेष्ठ र लामिछानेले लिए उपप्रधानमन्त्रीको सपथ

विराटनगर । नवनियुक्त तीन जना मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी हुन् । एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीको रूपमा शपथ लिएका हुन् । पौडेल उपप्रधानसहित अर्थ, लामिछानेले उपप्रधानसहित गृह र श्रेष्ठले उपप्रधानसहि...
प्रधानमन्त्री दाहालद्वारा सपथ ग्रहण

प्रधानमन्त्री दाहालद्वारा सपथ ग्रहण

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार अपरान्ह्र शीतल निवासमा उनले सपथ ग्रहण गरेका हुन् । प्रधानमन्त्री दाहाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी हुन् । सोमबार नै उप–प्रधानमन्त्री र मन्त्रीहरुले पनि शपथ लिनेछन् ।
प्रदेश १ का नवनिर्वाचित सांसदहरूले गरे शपथ ग्रहण

प्रदेश १ का नवनिर्वाचित सांसदहरूले गरे शपथ ग्रहण

विराटनगर । प्रदेश नम्बर १ प्रदेश सभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । सोमबार दिउँसो प्रदेश सभामा सांसदहरूले शपथ ग्रहण गरेका हुन् । उनीहरूलाई जेष्ठ सदस्य नेपाली कांग्रेसका गयानन्द मण्डलले शपथ ग्रहण गराएका हुन् । ७९ वर्षका मण्डललाई सोमबार दिउँसो प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ गराएका थिए । प्रदेश १ मा नेकपा एमालेका ४० जना, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका...
तेस्रो पटक प्रधानमन्त्री बने प्रचण्ड

तेस्रो पटक प्रधानमन्त्री बने प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनी तेस्रो पटक प्रधानमन्त्री बनेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार साँझ दाहाललाई मुलुकको ४४ औं प्रधानमन्त्रीका रुपमा नियुक्त गरेकी हुन् । नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले दाहाललाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । नेकपा एमाल...
एमालेसहितका दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्ने

एमालेसहितका दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्ने

काठमाडौँ । नेकपा एमालेसहितका दलहरुको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने भएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास वालकोटमा भएको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउँने सहमति गरेको हो । दाहाललाई एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपासहितका दलले समर्थन गर्ने भएका छन् । १६६ सांसदको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउँने सहमति जुटेको ब...
राष्ट्रिय राजनीतिले नयाँ मोड लिदैं, सरकार बनाउँन प्रचण्ड–रविसहितको बैठक ओली निवासमा

राष्ट्रिय राजनीतिले नयाँ मोड लिदैं, सरकार बनाउँन प्रचण्ड–रविसहितको बैठक ओली निवासमा

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद दावी गरेपछि सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ । सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रसहितका चार दलको बैठक अहिले एमालेका अध्यक्ष केपी ओली निवास वालकोटमा जारी छ । बैठकमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईलगायतक...
गठबन्धन टुटेमा कांग्रेससँग मिलेर पनि सरकार बनाउँन सक्छौँ : एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल

गठबन्धन टुटेमा कांग्रेससँग मिलेर पनि सरकार बनाउँन सक्छौँ : एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल

धनकुटा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेको गठबन्धन टुटेमा कांग्रेससँग मिलेर पनि सरकार बनाउँन सकिने संकेत गरेका छन् । प्रेस चौतारी धनकुटाले आज जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् । अहिलेको गठबन्धन नटुटेसम्म एमाले सरकार बनाउने खेलमा सहभागी नहुने उनको भनाई छ । तर, गठबन्धन छोडेर कांग्रेसले एमालेलाई सरकार बनाउँन प्रस्ताव गर...
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले लिए शपथ

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले लिए शपथ

विराटनगर । प्रतिनिधिसभामा नव निर्वाचित सदस्यले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । बिहीबार नव निर्वाचित सदस्यहरूलाई जेष्ठ सदस्य पशुपति शम्शेर जबराले शपथ ग्रहण गराएका हुन् । नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि सङ्घीय कानुन बमोजिम शपथ लिनुपर्ने व्यवस्था छ । सांसदहरु शपथ ग्रहण समारोहमा सहभागी हुँदा राष्ट्...
कांग्रेस संसदीय दलको नेता बन्न सभापति र महामन्त्रीको प्रतिस्पर्धा

कांग्रेस संसदीय दलको नेता बन्न सभापति र महामन्त्रीको प्रतिस्पर्धा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुने भएको छ । सभापति देउवा र महामन्त्री थापाले मंगलबार संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गरेका छन् । देउवाको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल बनेका छन् भने उनको समर्थकमा उपसभापति पूर्णबहादुर खड्का छन् । त्यस्तै थापाको प्रस्तावकमा का...
इलाम–१ को निर्वाचन बदर गरी पुनः मतदान माग गर्दै खनालले हाले सर्वोच्चमा रिट

इलाम–१ को निर्वाचन बदर गरी पुनः मतदान माग गर्दै खनालले हाले सर्वोच्चमा रिट

काठमाडौं । इलाम–१ को निर्वाचन बदर गरी पुनः मतदान गर्न माग गर्दै नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । नेकपा एसको तर्फबाट सो क्षेत्रमा उम्मेदवारसमेत रहेका नेता खनाल पुनः मतदान माग गर्दै सर्वोच्च अदालत पुगेका हुन् । धाँधली गरेर आफूलाई हराइएको भन्दै खनालले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको...
आज प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन, देशभर सुरु भयो मतदान

आज प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन, देशभर सुरु भयो मतदान

धनकुटा । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि देशभर मतदान सुरु भएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । ७७ वटै जिल्लामा गरी कुल एक करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता छन् । मतदानका लागि १० हजार ८ सय ९२ मतदानस्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र तोकिएको छ । मतदानमा सहजिकरणका लागि २ लाख ४६ हजार ९ सय ६० कर्मचारी खटाइएको छ । निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर...
धनकुटाका मतदाताको घरघर पुग्दै एमाले उम्मेद्वार निरन राई, ठाउँ-ठाउँमा भव्य स्वागत

धनकुटाका मतदाताको घरघर पुग्दै एमाले उम्मेद्वार निरन राई, ठाउँ-ठाउँमा भव्य स्वागत

धनकुटा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै उम्मेदवारहरू अहिले चुनावी अभियानमा व्यस्त छन् । नेकपा एमालेका तर्फबाट धनकुटा क्षेत्र नम्बर १ का प्रदेश सभा सदस्यका उम्मेद्वार निरन राई पनि घरदैलो, सभा र मतदाता भेटघाटमा व्यस्त छन् । निवर्तमान प्रदेश सभा सदस्यसमेत रहेका राई अहिले चौबिसे गाउँपालिकाका विभिन्न वडामा घुमिरहेका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेद्वार राजेन्द्र राईसहितको टोलीसँग साँ...
कांग्रेसभित्र आन्तरिक समस्या छैन, सबै नेता कार्यकर्ता चुनावमा जुटौं: नेता डा.शर्मा 

कांग्रेसभित्र आन्तरिक समस्या छैन, सबै नेता कार्यकर्ता चुनावमा जुटौं: नेता डा.शर्मा 

मोरङ । नेपाली कांग्रेसका युवा नेता तथा मोरङ क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार डा.सुनिल शर्माले पार्टीभित्र आन्तरिक समस्या नरहेको बताएका छन् । चुनावी अभियानमा जुटेका नेता डा.शर्माले आइतवार सञ्चारकर्मीहरुसँगको कुराकानीमा यस्तो बताएका हुन् । १२ लाख क्रियाशील सदस्य रहेको पार्टीमा एकाध ब्यक्तिको असन्तुष्टिलाई सामान्य मान्नु पर्ने नेता शर्माको तर्क छ । ‘पार्टीले आधिकारिक उमेद्वार बनाए...
आफ्ना उम्मेदवारलाई चुनाव लड्न कांग्रेसले दियो पैसा

आफ्ना उम्मेदवारलाई चुनाव लड्न कांग्रेसले दियो पैसा

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना उम्मेदवारहरूलाई चुनाव लड्न पैसा दिएको छ । टिकट वितरण गर्दा नै कांग्रेसले उम्मेदवारलाई पैसा दिएको हो । मंसिर ४ मा हुने निर्वाचनका लागि कांग्रेसबाट प्रतिनिधि सभातर्फ ९१ र प्रदेश सभातर्फ एक सय ७९ जनाले उम्मेदवारी दिएका थिए । प्रतिनिधि सभा उम्मेदवारका लागि चार लाख रूपैयाँका दरले पार्टीले चुनावी खर्च दिएको हो । त्यस्तै प्रदेश सभातर्फ उम्मेदवारका लागि भने दुई लाख रू...
एमालेको घोषणापत्र: ‘सुरक्षित छाना, पुग्छ सबैको चाहना’, नागरिकता नेपालीलाई मात्र

एमालेको घोषणापत्र: ‘सुरक्षित छाना, पुग्छ सबैको चाहना’, नागरिकता नेपालीलाई मात्र

काठमाडौं । नेकपा एमालेले नागरिकता नेपालीलाई मात्र प्रदान गरिने बताएको छ । एमालेले सोमबार घोषणापत्र सार्वजनिक गर्दै सरकार बनेको एक महिनाभित्र वंशजका आधार नागरिकता दिने बताएको हो । एमालेले ६ महिनाभित्र नागरिकता सम्बन्धी समस्या हल गरिने घोषणापत्रमा उल्लेख गरेको छ । यस्तै एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिने एमालेले बताएको छ । त्यस्तै नेकपा एमालेले ‘सुरक्षित छाना, पुग्छ सबैको चाहना’ कार्यक...
गिरिजाप्रसादले तीन पटक जितेको क्षेत्र सुजातालाई कति सहज?

गिरिजाप्रसादले तीन पटक जितेको क्षेत्र सुजातालाई कति सहज?

मोरङ । मोरङका ६ निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर २ लाई यस पटक यहाँका मतदाताले रोचक ढङ्गले नियालिरहेका छन्। नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले चुनाव लड्दै आएको सो क्षेत्रमा यसपटक उनकी छोरी सुजाता कोइराला सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार छिन्। यो क्षेत्रमा स्वतन्त्र ३ जनासहित १३ जना चुनावी मैदानमा छन्। तीमध्ये कोइराला र नेकपा एमालेका ऋषिकेश पोखरेललाई मुख्य प्रतिस्पर्धी ठानिए...
error: Content is protected !!