सांसद शर्माको प्रस्तावः माओवादीसँगको गठबन्धन तोडेर कांग्रेस नेतृत्वमा सरकार बनाउँ
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले अब कांग्रेसको नेतृत्वमा सरकार बनाउँन प्रस्ताव अघि सारेका छन् । कांग्रेस महासमिति सदस्यसमेत रहेका सांसद शर्माले फागुन ७ गतेबाट सुरु हुने कांग्रेस महासमिति बैठकमा पेश गर्न लागेको १३ बुँदे प्रस्ताव आज काठमाडौंमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै यस्तो प्रस्ताव अघि सारेका हुन् ।
भ्रष्टाचार नियन्त्रण र सुशासन, निर्वाचन प्रणाली र शासकीय स्वरुप प...































