धनकुटामा एमालेको माधव-झलनाथ पक्षले बनायो समानान्तर जिल्ला कमिटी, अर्जुन बने अध्यक्ष
धनकुटा । नेकपा एमालेको माधव कुमार नेपाल–झलनाथ खनाल पक्षले धनकुटामा पार्टीको समानान्तर जिल्ला कमिटी निर्माण गरेको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला माधव–झलनाथ पक्षले अर्जुन राईलाई अध्यक्ष र खगेन्द्र सुवेदीलाई सचिव तोकेर एमालेको बेग्लै जिल्ला कमिटी निर्माण गरेको हो ।
नेकपा एमाले जिल्ला कमिटी धनकुटाको विस्तारित बैठक राखेर जिल्ला कमिटी पुर्नगठन गरी १०१ सदस्यीय जिल्ला कमिटी निर्माण गरिएक...






























