संगालोखबर


विराटनगर । नेकपा एमाले मोरङको मतगणना सुरु भएको छ । १० औं जिल्ला अधिवेशनबाट नयाँ जिल्ला कमिटी चयनका लागि बुधबार मतदान भएको थियो ।

पाञ्चालीस्थित पार्टी कार्यालयमा बिहीबार बिहानबाट मतगणना सुरु गर्ने भनिएपनि दिउँसो करिब ३ः३० बजेबाट मतगणना थालिएको हो । राती अबेरसम्ममा मतगणना सकिने प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले जानकारी दिए ।

Advertisement

अधिवेशनमा अध्यक्षका लागि राजकुमार ओझा र अजम्बर राई बेग्लाबेग्लै प्यानल बनाएर चुनावी प्रतिष्पर्धामा छन् । पाँच पदाधिकारीसहित १ सय ६५ सदस्यीय जिल्ला कमिटीका लागि ३ सय २५ जनाले उम्मेद्वारी मनोनयन दर्ता गराएका थिए । जसमध्ये ६३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

७१ जना निर्विरोध निर्वाचित भइसकेकाले पाँच पदाधिकारीसहित ९४ पदका लागि १ सय ९१ जना चुनावी मैदानमा छन् । अधिवेशनमा जिल्लाभरबाट ९ सय ११ जना प्रतिनिधि छनौट भएर आएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!