थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या हजार नाघ्यो
काठमाडौं । बिहिबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापा, सोलुखुम्बु, सिरहा, सप्तरी, धनुषा, रौतहट, वाँके, बर्दिया, मकवानपुर, कैलाली, दार्चुला लगायत जिल्लामा कोरोना संक्रमित थपिएका हुन् ।
झापाका थप २५ जना र सोलुखुम्बुका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोलुखुम्बुमा पहिलो पटक संक्रमित भेटिएका हुन् । त्यस्तै सिरहाका ६ जना, सप्तरीका १४ जना, सर्लाहीका ७ जना, धनुषाका २९ जना, नवलपुरका...



























