संगालोखबर सम्वाददाता

काठमाडौं । शनिवार दिउँसो थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापा, बैतडी, बाँके, बर्दिया र सुर्खेतका ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

झापाका १ जना, बैतडीका ४ जना, बाँकेका २७ जना, बर्दिया १ जना र सुर्खेतका ३ जनामा संक्रमण भेटिएको हो । शनिवार बिहान सर्लाहीका १३ जना, कपिलबस्तुका ८ जना र रुपन्देहीका ८ जना तथा काठमाडौं, बारा र चितवनका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

एकैदिन ६८ जनामा संक्रमण पुष्टि हुँदा नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ । जसमध्ये ७० जना निको भएर अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!