- संगालोखबर सम्वाददाता

धनकुटा । राजसंस्था पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) र जनतान्त्रिक तराई मुक्ति मोर्चाबीच कार्यगत एकता भएको छ । दुबै पार्टीले शनिवार संयुक्त प्रेस बक्तव्य जारी गर्दै मोर्चाबन्दीको घोषणा गरेका हुन् ।

Advertisement

राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) का राष्ट्रिय अध्यक्ष लाक्पा तामाङ र जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष डा.मनोज कुमार झाले संयुक्त वक्तव्य जारी गर्दै दुई पार्टीबीच दुरगामी रणनीतिक एवं कार्यनीतिक एकता तथा मोर्चाबन्दीको घोषणा गरेका छन् । दुई पार्टीबीच मोर्चाबन्दी गरेर ‘राष्ट्रिय जनतान्त्रिक गठबन्धन’ निर्माण गरिएको वक्तव्यमा उल्लेख छ ।

दुबै पार्टीले राजतन्त्र पुर्नस्थापना गर्नुपर्ने आवाज उठाउँदै आएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) को प्रदेश १ मा र जनतान्त्रिक तराई मुक्ति मोर्चाको प्रदेश २ मा अभियान केन्द्रित छ । अब मोर्चाबन्दी गरेर राजतन्त्रको पक्षमा अझै शसक्त अभियान चलाईने राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) का राष्ट्रिय अध्यक्ष लाक्पा तामाङले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!