प्रदेश १ सरकारलाई तिब्बतद्वारा ७ करोडको स्वास्थ्य सामाग्री प्रदान
विराटनगर । चीनको स्वशासितक्षेत्र तिब्बत सरकारले प्रदेश १ सरकारलाई ७ करोड भन्दा बढीको स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । तिब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामाग्री नेपाल चीन कार्यकारी परिषद्ले आज प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो ।
परिषद्का प्रदेश १ कोअर्डिनेटर मुकेश उपाध्यायले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई सामाग्री हस्तान्तरण गरे । प्रदेश सरकारलाई करिब ७ करोड ७४ लाख बराबरको स्व...




























