- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाकी १४ बर्षीया बालिकामाथि यौन शोषण गरेको आरोप लागेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाका प्रचार बिभाग उप–प्रमुख मदन अधिकारीलाई पार्टीबाट निलम्बन गरिएको छ । धनकुटा–६ का शिक्षक अधिकारीलाई नेकपाले पार्टी सदस्यसहित सबै जिम्मेवारीबाट आईतबार निलम्बन गरेको हो ।

Advertisement

अधिकारीसहित चार जनाले दलित बालिकामाथि पटक–पटक यौन शोषण गरेको आरोप लागेको छ । पीडित बालिकाका अभिभावकले प्रहरीमा किटानी जाहेरी दिएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेर जबरजस्ती करणी मुद्दा दायर गरी घटनाको बिषयमा अनुसन्धान गरिरहेको छ ।

अधिकारीमाथि नैतिक चरित्र सम्बन्धि गम्भीर प्रश्न उठेर सो बिषय अदालतमा बिचाराधिन रहेकाले अदालतको फैसला नआउन्जेलसम्मका लागि उनलाई पार्टीबाट निलम्बन गरिएको नेकपाका सचिवालय सदस्य एवं कार्यालय सचिव भीम राईले जानकारी दिए ।

यो पनि हेर्नुहोस्…

धनकुटाकी बालिकामाथि यौन शोषण गर्नेलाई लिंगबिहिन बनाउँन सांसदको माग (भिडियोसहित)

 

धनकुटाका शिक्षक अधिकारी प्रहरी नियन्त्रणमा, चार जनाबिरुद्ध जबरजस्ती करणी मुद्दा दायर

 

यौन शोषण आरोप लागेका अधिकारीको बिज्ञप्ति : म निर्दोष छु, षड्यन्त्रपूर्वक फसाउँन खोजियो

 

धनकुटामा बालिकालाई यौन शोषण गरेको आरोपमा तीन जना पक्राउ, शिक्षक अधिकारी फरार

 

धनकुटामा महिनौं अघिदेखि बालिकामाथि पटक-पटक यौन शोषण, गर्भ बसेपछि खुल्यो रहस्य

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!