- संगालोखबर सम्वाददाता


काठमाडौं । आईतबार दिउँसो थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापासहित बिभिन्न जिल्लामा नयाँ संक्रमित थपिएका हुन् ।
भापाको बाह्रदर्शी–३ का ४५ बर्षीय पुरुष, बाराका २ जना, पर्साका २ जना, रौटहटका १ जना, सर्लाहीका १ जना, रुपन्देहीका ६ जना, काठमाडौंका १ जना, नुवाकोटका १ जना, कपिलबस्तुका ३ जना र गुल्मीमा १ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ५२८ जना पुरुष र ८९ जना महिला संक्रमित भएका हुन् । हालसम्म ४२ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!