संगालोखबर सम्वाददाता

काठमाडौं । बिहिबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापा, सोलुखुम्बु, सिरहा, सप्तरी, धनुषा, रौतहट, वाँके, बर्दिया, मकवानपुर, कैलाली, दार्चुला लगायत जिल्लामा कोरोना संक्रमित थपिएका हुन् ।

Advertisement

झापाका थप २५ जना र सोलुखुम्बुका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोलुखुम्बुमा पहिलो पटक संक्रमित भेटिएका हुन् । त्यस्तै सिरहाका ६ जना, सप्तरीका १४ जना, सर्लाहीका ७ जना, धनुषाका २९ जना, नवलपुरका १ जना, महोत्तरीका १७ जना, रौटहटका २० जना, दोलखाका २ जना र बझाङका १ जनामा संक्रमण देखिएको छ ।

त्यस्तैगरी सुर्खेतका १३ जना, दैलेखका ८ जना, स्याङ्जाका ३ जना, दार्चुलाका १ जना, कैलालीका २ जना, मकवानपुरका १ जना, बर्दियाका ३ जना र बाँकेका १ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म ९४० पुरुष र १०२ जना महिलामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये १८७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!