- संगालोखबर सम्वाददाता

काठमाडौं । बाराका एक जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । बाराको करैयामाई गाउँपालिका–७ का ७० बर्षीय बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

नियमित पत्रकार सम्मेलनका क्रममा सोमबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले उनको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि गर्दै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुँनेको संख्या चार पुगेको जानकारी दिए ।

यसैवीच सोमबार दिउँसोसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ । सोमबार बिहान ७२ र दिउँसो ६ गरी एकैदिन ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये हालसम्म १ सय ११ जना निको भएर अस्पतालबाट डिस्चार्ज भईसकेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!