संगालोखबर सम्वाददाता


काठमाडौं । बुधबार थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

धरान स्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा सप्तरीका ११ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै बिराटनगर स्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका १७ जनामा संक्रमण पुष्टि भएको छ । झापाको कचनकवलका १५ जना र गौरादहका २ जनामा संक्रमण भेटिएको हो ।

Advertisement

हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा आठ जनाको पोजेटिभ देखिएको छ । त्यस्तै, पोखराको प्रादेशिक प्रयोगशालामा बागलुङका ६ जना, दाङमा गरिएको परीक्षणमा १८ जना, काठमाडौंको केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!