खोलामा हामफालेर बेपत्ता भएका युवक मृत फेला

खोलामा हामफालेर बेपत्ता भएका युवक मृत फेला

ताप्लेजुङ । ताप्लेजुङको मेवाखोलामा हामफालेर बेपत्ता भएका एक युवक मृत भेटिएका छन् । मिक्वाखोला गाउँपालिका–४ का २१ बर्षीय केशव खवास मृत फेला परेका हुन् । गत मंगलबार मेवाखोलामा हामफालेर उनी बेपत्ता भएका थिए । बेपत्ता खवासको खोजी गर्ने क्रममा शुक्रवार बेलुका ७ बजे घटनास्थल भन्दा करिव दुई सय मिटर तल मृत अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
सुनसरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सुनसरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सुनसरी । सुनसरीको गढी गाउँपालिका–६ मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सत्तेरझोडास्थित कच्ची सडकमा उत्तरबाट दक्षिणतर्फ ईट्टा बोकेर जाँदै गरेको को.१ त.९६८९ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रवार दिउँसो साँढे २ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी ट्याक्टर चालक दुहवी नगरपालिका–११ का २४ बर्षीय फुलचन ऋषिदेवको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । दुर्घ...
गरिबलाई निःशुल्क घर बनाईदिदै बेलबारी नगरपालिका, एक सय घर निर्माण गरिने

गरिबलाई निःशुल्क घर बनाईदिदै बेलबारी नगरपालिका, एक सय घर निर्माण गरिने

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले गरिब तथा असहायलाई निःशुल्क घर निर्माण गर्ने अभियान चलाएको छ । गरिब तथा असहायलाई आश्रयको व्यवस्था मिलाउँन नगरपालिकाले घर निर्माण अभियान चलाएको हो । बडा नं.११ मा ४० घर निर्माण गरिरहेको नगरपालिकाले अब वडा नं.३ मा पनि घर निर्माण थाल्ने भएको छ । वडा नम्बर ३ मा ४० वटा घर निर्माणका लागि शुक्रबार नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले घरहरुको शिलान्यास गरेका छन् । सो...
प्रदेश १ मा पीसीआर परीक्षण बढाइदै, ४० हजारको परीक्षण गरिने

प्रदेश १ मा पीसीआर परीक्षण बढाइदै, ४० हजारको परीक्षण गरिने

विराटनगर । प्रदेश नं.१ मा पीसीआर परीक्षण बढाइने भएको छ । ४० हजार भन्दा बढी व्यक्तिको पीसीआर परीक्षण गर्ने तयारी भएको हो । शुक्रबार बसेको बिपद व्यवस्थापन समिति प्रादेशिक समितिको बैठकले कोभिड—१९ को परीक्षण कार्ययोजनासमेत स्वीकृत गरेको छ । प्रदेशभित्र कोभिड—१९ संक्रमित पहिचानको लागि परीक्षणको दायरा बढाउन लागिएको हो । दैनिक एक हजारका दरले पीसीआर परीक्षण गर्न लागिएको मुख्यमन्त्री शेरधन राईले जानकारी...
खोटाङमा महिला मृत फेला, हत्या आशङ्कामा युवक पक्राउ

खोटाङमा महिला मृत फेला, हत्या आशङ्कामा युवक पक्राउ

खोटाङ । खोटेहाङ गाउँपालिका–५ चिप्रिङ पोखरेटोलकी ६१ वर्षीया रत्नकुमारी राई आफ्नै घरमा मृत फेला परेकी छन् । दुई छोरीको विवाह भइसकेको र श्रीमान्को पनि मृत्यु भइसकेको अवस्थामा एक्लै घरमा बस्दै आएकी रत्नकुमारीको शव आज बिहान घाँटीको दायाँ भागमा सामान्य चोट लागेको अवस्थामा फेला पारिएको हो । महिलाको हत्या गरेको आशङ्कामा सोही ठाउँका ३१ वर्षीय मुगाधन भनिने मुकेश राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्याल...
२० जना कोरोना संक्रमित थपिए, ५०७ पुगे संक्रमित

२० जना कोरोना संक्रमित थपिए, ५०७ पुगे संक्रमित

काठमाडौं । शुक्रबार दिउँसो थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङ, कैलाली, बाँके, बैतडी र डडेलधुरामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मोरङको रतुवामाईमा १ जना, कैलालीमा ३ जना, बाँकेमा १४ जना, बैतडीमा १ जना र डडेलधुरामा १ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुगेको छ ।...
धनकुटा बजारक्षेत्रको सिल खोलियो, जिल्ला अस्पतालमा यथावत

धनकुटा बजारक्षेत्रको सिल खोलियो, जिल्ला अस्पतालमा यथावत

धनकुटा । धनकुटा बजार क्षेत्रमा गरिएको सिल खुल्ला गर्ने निर्णय भएको छ । शुक्रबार बसेको संकट व्यवस्थापन समितिको बैठकले बजार क्षेत्रमा सिल खुल्ला गर्ने निर्णय गरेको हो । यता, जिल्ला अस्पतालमा भने सिल यथावत राखिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीले संगालोखबरलाई जानकारी दिए । उनले भने–‘सिल गरिएको क्षेत्रमा ९८ प्रतिशत औषधि पसल परेपछि औषधि किन्न नपाएको गुनासो आयो । प्रदेशका स्वास्थ्य ब...
थप ३० जनामा कोरोना संक्रमण

थप ३० जनामा कोरोना संक्रमण

काठमाडौं । शुक्रबार बिहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सर्लाही, कपिलबस्तु, नवलपरासी र भरतपुरका ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सर्लाहीमा १३ जना, कपिलबस्तुमा ९ जना, नवलपरासीमा ४ जना र भरतपुरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रम...
श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान घाइते, श्रीमती पक्राउ

श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान घाइते, श्रीमती पक्राउ

सोलुखुम्बु । सोलुखुम्बुको सोताङमा श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान घाईते भएका छन् । श्रीमतीले टाउकोमा कुखुरीले हान्दा सोताङका ४५ बर्षीय प्रताप सिंह राई घाईते भएका हुन् । ४६ बर्षीया परीमाया राईले आफ्नै श्रीमान प्रताबलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहिबार दिउँसो साढे ३ बजे घरमा बसिरहेका बेला मादक पदार्थ सेवन गरेर आएकी परीमायाले प्रतापमाथि खुकुरी प्रहार गरेकी हुन्...
लिम्पियाधुरा नेपालकै हो भन्‍ने यस्ता छन् प्रमाण

लिम्पियाधुरा नेपालकै हो भन्‍ने यस्ता छन् प्रमाण

काठमाडौँ । सरकारले सुगौली सन्धिअनुसार कालीनदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा बुधबार लागू गरेको छ । भारतीय कब्जामा रहेका ती भूभाग यसअघि प्रचलनमा रहेको नेपालको नक्सामा थिएनन् । योसँगै विश्वको नक्सामा नेपालको मानचित्रको आकार केही बदलिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गत सोमबारको मन्त्रिपरिषद्को निर्...
४५७ पुगे कोरोना संक्रमित

४५७ पुगे कोरोना संक्रमित

काठमाडौं । बिहिबार साँझ थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल, नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणका क्रममा बाँकेका २ र कपिलबस्तुका १ जनामा संक्रमण देखिएको हो । बाँकेको नरैनापुर–३ का ३२ बर्षीय पुरुष र खजुरा–३ का ४२ बर्षीया महिलामा संक्रमण देखिएको हो । त्यस्तै कपिलबस्तुको सुद्दोधन गाउँपालिकाका १९ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जन...
बिराटनगरमा छोराहरुद्वारा बाबुको हत्या गरी घरभित्रै शव गाडेको खुलासा

बिराटनगरमा छोराहरुद्वारा बाबुको हत्या गरी घरभित्रै शव गाडेको खुलासा

बिराटनगर । बिराटनगरमा आफ्नै छोराहरुले बाबुको हत्या गरी घरभित्रै शव गाडेको खुलासा भएको छ । बिराटनगर महानगरपालिका–१४ झटियाहीका ६९ बर्षीय सत्यराम भनिने सिताराम चौहानलाई आफ्नै दुई जना छोराहरुले मिलेर हत्या गरी घरभित्रै शव गाडेको खुलासा भएको हो । शंकास्पद घटनाको जानकारी पाएपछि बुधबार साँझ चौहानको घरमा पुगेको प्रहरीले घरभित्रै शव गाडेको अवस्था फेला पारी शव उत्खनन् गरेर निकालेको थियो । त्यसपछि प्रहरील...
थप ९ जनामा कोरोना संक्रमण, झापामा ८ संक्रमित थपिए

थप ९ जनामा कोरोना संक्रमण, झापामा ८ संक्रमित थपिए

बिराटनगर । बिहिबार दिउँसो थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाका ८ र रुपन्देहीका १ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । हालसम्म नेपालमा निको भएर घर फर्किनेको संख्या ४९ पुगेको छ । यसअघि झापामा बिहिबार बिहान १० जना र बुधबार ५ जनामा संक्रमण पुष्टि भएको थियो । बिगत २४ घण्टाको अवधिमा झापामा २३ जना ...
नदीले बगाउँदा भोजपुरका श्रेष्ठको मृत्यु

नदीले बगाउँदा भोजपुरका श्रेष्ठको मृत्यु

भोजपुर । दुधकोशी नदीले बगाउँदा भोजपुरमा एक जनाको मृत्यु भएको छ । नदीले बगाउँदा भोजपुरको आमचोक गाउँपालिका–९ माझखानीका २१ बर्षीय अशोक श्रेष्ठको मृत्यु भएको हो । बुधवार बिहान ११ बजे दुधकोशी नदीमा पौडी खेल्न गएका श्रेष्ठ नदीमा बेपत्ता भएका थिए । साँझ साँढे ५ बजे गोजेपाथर बगरमा उनको शव भेटिएको प्रहरीले जनाएको छ । शव भेटिएको स्थानीयबासीले जानकारी दिएपछि ईलाका प्रहरी कार्यालय घोडेटार र प्रहरी चौकी ...
गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको पुष्टि, मृतकको संख्या तीन पुग्यो

गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको पुष्टि, मृतकको संख्या तीन पुग्यो

बिराटनगर । गुल्मीको मदाने गाउँपालिका–६ का ४१ बर्षीय कोरोना संक्रमित पुरुषको बिहिबार बिहान मृत्यु भएको छ । रुपन्देही स्थित क्रिमसन अस्पतालमा उपचाररत उनको बिहान निधन भएको प्रदेश नं.५ को स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ । निर्देशनालयका प्रवक्ता एवं बरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले संक्रमित व्यक्ति बिहान मृत्यु भएको पुष्टि गरेका हुन् । ‘हिजोसम्म उहाँका बारेमा आएका हल्ला गलत थिए । आज...
झापाका थप १० जनामा कोरोना संक्रमण पुष्टि

झापाका थप १० जनामा कोरोना संक्रमण पुष्टि

झापा । बिहिबार बिहान झापाका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको कचनकवल गाउँपालिका–३, ६ र ८ मा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणका क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यसअघि बुधबार झापाका ५ सहित धनकुटा र धरानका एक/एक जनामा संक्रमण पुष्टि...
धनकुटामा ५ सय जनाको पीसीआर बिधिबाट कोरोना परीक्षण गर्न भीटीएम ल्याइदै

धनकुटामा ५ सय जनाको पीसीआर बिधिबाट कोरोना परीक्षण गर्न भीटीएम ल्याइदै

धनकुटा । धनकुटामा थप ५ सय जनाको पीसीआर बिधिबाट कोरोना परीक्षण गर्नका लागि भीटीएम आउँने भएको छ । धनकुटाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद राजेन्द्र राईको पहलमा स्वास्थ्य मन्त्रालय मार्फत भीटीएम आउँन लागेको हो । पीसीआर बिधिबाट कोरोना परीक्षण गर्न स्वाब संकलनका लागि प्रयोग हुँने भीटीएमसहितका स्वास्थ्य सामाग्री बुधबार दिउँसो नै काठमाडौंबाट धनकुटा पठाइएको सांसद राजेन्द्र राईले बताए । ‘धनकुटामा कोरोन...
धनकुटाका ७ औं कोरोना संक्रमित प्रहरी जवान

धनकुटाका ७ औं कोरोना संक्रमित प्रहरी जवान

धनकुटा । धनकुटामा बुधबार भेटिएका ७ औं कोरोना संक्रमित प्रहरी जवान भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३४ बर्षीय प्रहरी जवान पुरुषमा संक्रमण पुष्टि भएको हो । धरान स्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बुधबार गरिएको परीक्षणका क्रममा उनमा संक्रमण भेटिएको हो । योसँगै धनकुटामा दुई जना प्रहरीमा कोरोना संक्रमण पत्ता लागेको छ । मंगलबार गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका पाँच...
बिराटनगरमा घरभित्र गाडेको अवस्थामा शव फेला

बिराटनगरमा घरभित्र गाडेको अवस्थामा शव फेला

बिराटनगर । बिराटनगरमा घर भित्र गाडेको अवस्थामा आज साँझ शव फेला परेको छ । बिराटनगरको झटियाईमा घर भित्र गाडेको अवस्थामा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । अहिले प्रहरी टोली घटनास्थल पुगेर शव उत्खनन् गर्दै गरेकाले थप विवरण आउँन वाँकी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएस्पी मानबहादुर राईले संगालोखबरलाई जानकारी दिए । ‘अन्यत्र रहेका परिवारका सदस्यले खबर गरेपछि प्रहरी पुग्दा गा...
धनकुटा, धरान र झापाका ७ जनामा कोरोना संक्रमण पुष्टि

धनकुटा, धरान र झापाका ७ जनामा कोरोना संक्रमण पुष्टि

बिराटनगर । बुधबार साँझ धनकुटा, धरान र झापाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटाका १ जना, धरानका १ जना र झापाका ५ जनामा संक्रमण पुष्टि भएको प्रदेश नं. १ मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्रोतले जनाएको छ । योसँगै प्रदेश नं.१ मा कोरोना संक्रमितको संख्या ६६ पुगेको छ । २६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रदेश १ का १४ जिल्ला मध्ये ७ जिल्लामा संक्रमित फेला परिसकेका छन...
घुस बुझाउने डिभिजन प्रमुख अख्तियारको फन्दामा

घुस बुझाउने डिभिजन प्रमुख अख्तियारको फन्दामा

विराटनगर । आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश नं. १ का कर्मचारीलाई घुस रकम बुझाउन खोज्ने जलश्रोत तथा सिचाँई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्दकुमार झालाई बुधबार अख्तियारले पक्राउ गरेको छ । डिभिजन प्रमुख झाले आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेट योजना तथा कार्यक्रम महाशाखामा कार्यरत शाखा अधिकृत विदुर पौडेललाई १० हजार रकम बुझाउन खोजेको थिए । झाले खाममा राखेर पौडेलको कार्यक...
धनकुटाका थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७ पुग्यो

धनकुटाका थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७ पुग्यो

धनकुटा । बुधबार धनकुटाका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान स्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा थप एक पुरुषमा संक्रमण भेटिएको स्रोतले संगालोखबरलाई जानकारी दिएको छ । धनकुटाका १६ जनाको पीसीआर बिधिबाट परीक्षण गर्दा एक जनामा संक्रमण भेटिएको हो । यसअघि मंगलबार ६७ जनाको परीक्षण गर्दा तीन स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मी र एक जना स्वास्थ्यकर्मीका आफन्त...
नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुग्यो

काठमाडौं । बुधबार अपरान्हसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ । पछिल्लो २४ घण्टा यता २५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कपिलबस्तुमा १३ जना, बाँकेमा ६ जना, धनकुटामा ५ जना र नवलपरासी पश्चिममा १ जना संक्रमित थपिएको नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । यसैवीच हालसम्म ४५ जन...
नेपालको नयाँ नक्सा सार्वजनिक

नेपालको नयाँ नक्सा सार्वजनिक

काठमाडौं । नेपालको नयाँ नक्सा बुधबार सार्वजनिक भएको छ । भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर सरकारले नयाँ नक्सा सार्वजनिक गरेको हो । बुधबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले नयाँ नक्सा सार्वजनिक गरिन् । नक्सा सार्वजनिक कार्यक्रममा मन्त्री अर्यालले अघिल्लो नक्सामा गुञ्जी, नाबी कुटीलगायतका क्षेत्र छुटेकाले त्यसलाई समावेश गरेर नयाँ ...
धनकुटा अस्पताल सिल भएपछि आँखा अस्पताललाई तोकियो प्राथमिक उपचार केन्द्र

धनकुटा अस्पताल सिल भएपछि आँखा अस्पताललाई तोकियो प्राथमिक उपचार केन्द्र

धनकुटा । धनकुटा जिल्ला अस्पताल सिल गरिएपछि धनकुटा–६ स्थित सल्लेरीमा रहेको आँखा अस्पताललाई प्राथमिक उपचार केन्द्र तोकेर बिरामीको उपचार गरिने भएको छ । आज दिउँसो बसेको संकट व्यवस्थापन समितिको बैठकले धनकुटा अस्पतालको बिकल्पमा अस्थायी रुपमा आँखा अस्पतालबाट प्राथमिक उपचार सेवा प्रदान गर्ने निर्णय गरेको हो । धनकुटा अस्पतालमा कार्यरत ३४ बर्षीया महिला स्वास्थ्यकर्मीमा आईतबार कोरोना संक्रमण भेटिएपछि सोमब...
गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको छैन, उपचार भइरहेको छ: क्रिमसन अस्पताल

गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको छैन, उपचार भइरहेको छ: क्रिमसन अस्पताल

बिराटनगर । कोरोना संक्रमण पुष्टि भएका गुल्मीको मदाने गाउँपालिका–६ का ४१ बर्षीय व्यक्तिको उपचारका क्रममा मृत्यु भएको भन्ने हल्ला गलत भएको रुपन्देही स्थित क्रिमसन अस्पतालले जनाएको छ । आज मध्यान्ह १२ बजे अस्पताल प्रशासनले प्रेस बिज्ञप्ति जारी गर्दै बिरामीको उपचार जारी रहेकाले मृत्यु भएको भन्ने हल्ला गलत भएको जनाएको हो । ज्वरो आउँने र टाउको दुख्ने समस्या भएपछि जेठ १ गते उनी रुपन्देहीको तिलोत्तमा–५ ...
ट्रकबाट लडेर एक जनाको मृत्यु

ट्रकबाट लडेर एक जनाको मृत्यु

सुनसरी । सुनसरीमा ट्रकबाट लडेर एक जनाको मृत्यु भएको छ । हरिनगरा गाउँपालिका–२ का ४० बर्षीय पवन गुप्ताको ट्रकबाट लडेर मृत्यु भएको हो । मंगलवार दिउँसो करिव १ बजे हरिनगराको घुस्कि बजारमा को.१ ख.७९०० नम्बरको ट्रकबाट खाद्य तथा चामल झार्ने क्रममा उनी ट्रकबाट लडेका थिए । लडेर घाईते भएका गुप्तालाई उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ...
धनकुटामा थपिएका पाँच कोरोना संक्रमित आईसोलेशनमा, बुधबार बिराटनगर लगिने

धनकुटामा थपिएका पाँच कोरोना संक्रमित आईसोलेशनमा, बुधबार बिराटनगर लगिने

धनकुटा । मंगलबार साँझ कोरोना संक्रमण पुष्टि भएका धनकुटाका पाँच जना संक्रमितलाई आईसोलेशनमा राखिएको छ । संक्रमण पुष्टि भएका चार पुरुष र एक महिलालाई राती नै जिल्ला अस्पतालको आईसोलेशनमा राखिएको हो । संक्रमितहरुलाई बुधबार बिराटनगर स्थित कोरोना बिशेष अस्पताल लगिने जिल्ला अस्पतालका प्रमुख डा.पुजन विश्वकर्माले संगालोखबरलाई जानकारी दिए । उनले भने–‘संक्रमित सबै जनालाई अहिले जिल्ला अस्पतालको आईसोलेशनमा रा...
धनकुटामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र परिवारका सदस्यमा पनि भेटियो कोरोना संक्रमण

धनकुटामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र परिवारका सदस्यमा पनि भेटियो कोरोना संक्रमण

धनकुटा । मंगलबार साँझ धनकुटाका थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मी र एक जना स्वास्थ्यकर्मीका आफन्तमा कोरोना संक्रमण पुष्टि भएको हो । २८ र २९ बर्षीय स्वास्थ्यकर्मी पुरुष, २४ बर्षीया स्वास्थकर्मी महिला, ३५ बर्षीय सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका ३७ बर्षीय पुरुष आफन्तमा संक्रमण पुष्टि भएको स्रोतले संगालोखबरलाई जानकारी दिएको छ । धरान स्थित वीपी कोईराला स्...
धनकुटाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि

धनकुटाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि

धनकुटा । धनकुटाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मंगलबार साँझ गरिएको परीक्षणका क्रममा ५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । जिल्ला अस्पतालमा कार्यरत ३४ बर्षीया स्वास्थ्यकर्मी महिलामा आईतबार कोरोनाको संक्रमण भेटिएपछि उनको सम्पर्कमा पुगेका ८३ जनाको सोमबार स्वाब संकलन गरी धरान पठाईएको थियो । संक्रमित स्वास्थ्यकर्मीबाट अरुमा पनि...
प्रदेश १ का तीनसहित १३ जिल्लामा थपिए २७ कोरोना संक्रमित

प्रदेश १ का तीनसहित १३ जिल्लामा थपिए २७ कोरोना संक्रमित

बिराटनगर । मंगलबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश नं.१ का झापा, मोरङ र सुनसरीसहित मुलुकभरका १३ जिल्लाका २४ जना पुरुष र ३ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । झापामा ९ जना, मोरङमा १ जना, सुनसरीमा १ जनामा संक्रमण देखिएको छ । त्यस्तै कपिलबस्तुमा ४ जना, काठमाडौंमा ३ जना, सर्लाहीमा २ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तैगरी भक्तपुर, मकवानप...
error: Content is protected !!