- संगालोखबर सम्बाददाता

काठमाडौं । सोमबार दिउँसो थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बर्दिया, पर्सा र अछाममा संक्रमित थपिएका हुन् । बर्दियाका ३ जना, पर्साका २ जना र अछामका १ जनाका कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि आज बिहान ७२ जनामा संक्रमण देखिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ । १११ जना संक्रमित निको भएर अस्पतालबाट डिस्र्चाज भइसकेका छन् भने कोरोना संक्रमणका कारण चार जनाको मृत्यु भएको पुष्टि भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!