करणले जिते नेपाल आइडलको उपाधि
काठमाडौं । बर्दियाका करण परियारले नेपाल आइडल सिजन-५ को उपाधि जितेका छन् । काठमाडौंमा शनिवार राती सम्पन्न ग्रान्ड फिनालेमा पोखराकी सलोमी गुरुङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई उछिन्दै करणले उपाधि जितेका हुन् ।
उपाधिसँगै करणले नगद २५ लाख र ट्रफी पाएका छन् । फस्ट रनरअप सलोमीले १० लाख र सेकेन्ड रनरअप सचिनले ५ लाख नगद पुरस्कार पाएका छन् । एपीवान टेलिभिजनले फागुन २४ देखि गायन रियालिटी शो...






























