संजय दत्त बनेपछि यस्तो देखिए रणवीर कपुर
बलिउडका मेकर तथा स्टारहरु आफ्नो चलचित्रको भूमिका लुकाउन निकै कोशिश गर्छन् । फोटो सार्वजनिक होला कि भनेर, उनीहरुले सेटमा मोबाइल, क्यामेरा नै निषेध गरेका हुन्छन् ।
तर, पनि पापाराजीहरुले पिछा गरेपछि कसको के लाग्छ र ? नायक रणवीर कपुर लामो समयदेखि एक बायोपिक चलचित्रका लागि तयारी गरिरहेका थिए । उनी, नायक संजय दत्तको बायोपिक चलचित्रका लागि तयारीमा थिए । जसका लागि उनले शरीर घटाए । कपाल देखिएला कि भनेर ...
