निर्वाचित भएको महिना दिन नबित्दै विवादमा मुछिए मोरङको ग्रामथानका अध्यक्ष माझी
विराटनगर । गाउँपालिका अध्यक्षमा निर्वाचित भएको एक महिना नबित्दै मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझी विवादमा मुछिएका छन् । गत मंसिर १६ गते सम्पन्न उपनिर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका माओवादी नेता माझी अवैध माटो उत्खनन गर्नेलाई संरक्षण गर्न लागिपरेको भन्दै आलोचित भइरहेका छन् ।
अवैधानिक रुपमा भइरहेको माटो उत्खनन रोक्न प्रहरीलाई पत्र पठाउँदा अध्यक्ष माझीले गाउँपालिकाका प्रमुख प्र...































