धरानमा गाँजा नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, धनकुटाका राई पक्राउ

धरानमा गाँजा नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, धनकुटाका राई पक्राउ

सुनसरी । सुनसरीको धरान-२० चिमफुले खोलामा गोली चलाएर प्रहरीले दुई सय २५ किलो गाँजा नियन्त्रणमा लिएको छ । गाँजा ओसार-पसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गएराति तीन राउन्ड हवाइ फायर गरेर गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय धरान तथा अस्थायी प्रहरी पोस्ट जोरसखुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले पैदल आउँदै गरेका व्यक्तिलाई रो...
जमरकट्टेलहरुको राष्ट्रिय सम्मेलन फागुन १५ र १६ गते नेचामा हुने

जमरकट्टेलहरुको राष्ट्रिय सम्मेलन फागुन १५ र १६ गते नेचामा हुने

विराटनगर । सोलुखुम्बुको नेचामा जमरकट्टेलहरुको राष्ट्रिय सम्मेलन हुने भएको छ । देशभरका भारद्वाज गोत्रीय जमरकट्टेल (जमकटेल, कट्टेल, कटेल) बन्धुहरूलाई एकतावद्ध गर्न यही फागुन १५ र १६ गते राष्ट्रिय सम्मेलन गर्न लागिएको हो । जमरकट्टेल बन्धुहरूलाई एकतावद्ध गर्न विराटनगर, नेचा, झापा, काठमाडौँ लगायत स्थानमा करिब एक दर्जन बढी संस्थाहरू निर्माण भएका छन् । सम्मेलनबाट ती संस्थाहरूबीच समन्वय गरेर जमरकट्टेलह...
पाथीभरामा केबलकार विवाद : स्थानीय प्रशासनद्वारा निषेधाज्ञा जारी 

पाथीभरामा केबलकार विवाद : स्थानीय प्रशासनद्वारा निषेधाज्ञा जारी 

विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयमा पुनः आन्दोलन चर्किएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले फुङलिङको बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । आज बिहान ५ बजेदेखि लागू भएको निषेधाज्ञा अर्को आदेश जारी नभएसम्म लागू हुनेछ । बजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुसका कारण स्थानीय स्तरमा हुल...
पाथीभरा क्षेत्रमा झडप हुँदा १२ जना घाइते

पाथीभरा क्षेत्रमा झडप हुँदा १२ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा ‘नो केबलकार समूह’ र प्रहरीबीच झडप हुँदा १२ जना घाइते भएका छन् । आन्दोलनरत पक्ष ठूलो फेदीबाट पदयात्रा गर्दै केबलकार निर्माणस्थलमा जाँदै गर्दा प्रहरीले रोक्न खोजेपछि बिहीबार दिउँसो झडप भएको हो । झडपमा नेपाल प्रहरी र शसस्त्र प्रहरी ११ जना तथा १ जना प्रदर्शनकारी घाइते भएका छन् । आन्दोलनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरी...
‘नो केबलकार’ समूहका १४ जना साधारण तारेख र तीन जना धरौटीमा रिहा

‘नो केबलकार’ समूहका १४ जना साधारण तारेख र तीन जना धरौटीमा रिहा

विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर आन्दोलन गर्दा पक्राउ परेका सबै जना रिहा भएका छन् । यसरी रिहा हुनेमा झापाबाट ८, सुनसरीबाट ६ र ताप्लेजुङका तीनसहित १७ जना छन् । उनीहरू बुधबार साँझ रिहा भएका हुन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले पक्राउ परेका सबै जना रिहा भएका पुष्टि गरे । ‘ताप्लेजुङका तीन जनालाई धरौटी...
युक्रेनी सेनाको कब्जामा रहेका तेह्रथुमका शेर्पासहित दुई नेपालीको उद्धार

युक्रेनी सेनाको कब्जामा रहेका तेह्रथुमका शेर्पासहित दुई नेपालीको उद्धार

विराटनगर । नौ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार भएको छ । तेह्रथुमका २८ वर्षीय फुर्वा शेर्पा र दोलखा घर भएका ३९ वर्षीय शेर स्याम्बो शेर्पाको उद्धार गरिएको हो । उनीहरू भारतको नयाँ दिल्लीस्थित एक एजुकेशन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका थिए । अमेरिकाबाट सञ्चालित नेपाली न्यूज पोर्टल खसोखासका अनुसार २०२४ को मे महिनादेखि युक्रेनको मिकोलाइटस्थित...
ताप्लेजुङ झडपमा घाइते भएका तीन जनालाई काठमाडौं पठाइयो 

ताप्लेजुङ झडपमा घाइते भएका तीन जनालाई काठमाडौं पठाइयो 

विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको झडपमा घाइते भएका तीन जनालाई काठमाडौं पठाइएको छ । आज उनीहरूलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाइएको हो । झडपमा गम्भीर घाइते भएका धर्म पालुङ्वा, सगुन लावती र यामबहादुर लिम्बूलाई उपचारका लागि विराटनगरको नोबेल अस्पताल ल्याइएको थियो । उनीहरूलाई थप उपचारका लागि काठमाडौं लगिएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अन...
धनकुटामा ७३ वर्षीया वृद्धाको साथबाट यसरी लुटियो वृद्धभत्ता (भिडियोसहित)

धनकुटामा ७३ वर्षीया वृद्धाको साथबाट यसरी लुटियो वृद्धभत्ता (भिडियोसहित)

धनकुटा । धनकुटा बजारमा दिउँसै लुटपाट भएको छ । धनकुटाको हुलाकटोलस्थित जिल्ला अस्पताल अगाडि बुधबार दिउँसो करिब १२ बजे ७३ वर्षीया वृद्धा रत्नमाया तामाङको साथबाट करिब डेढ लाख नगद लुटिएको हो । धनकुटा नगरपालिका-१० घर भएकी वृद्धा तामाङ मदनचोकस्थित माछापुच्छ्रे बैङ्कबाट वृद्धभत्ता निकालेर बजारतिर जाँदै गर्दा लुटिएकी हुन् । वृद्धा तामाङका अनुसार उनले तीन महिनाको वृद्धभत्ता बापत प्राप्त भएको १२ हजार पैसा...
विराटनगरमा ढोका फुटाएर यसरी भयो पसलमा चोरी (सीसीटीभी फुटेजसहित) 

विराटनगरमा ढोका फुटाएर यसरी भयो पसलमा चोरी (सीसीटीभी फुटेजसहित) 

विराटनगर । विराटनगरको ट्राफिक चोक नजिक रहेको अरनवी ग्राफिक्स प्रिन्टर्समा बिहीबार राती चोरी भएको छ । न्युरो हस्पिटल जाने बाटोस्थित रेन्बो गल्लीमा रहेको सो पसलको ढोकाको सिसा फुटाएर राती करिब ९ बजे चोरी भएको हो । एक जना युवकले सिसा फुटाएर पसल भित्र प्रवेश गरी चोरी गरेको दृष्य पसलको सीसीटीभीमा कैद भएको छ । चोरले पसलमा रहेको पैसा राख्ने पर्स र कम्प्युटरको मनिटर लगेको सीसीटीभी फुटेजमा प्रष्ट देखिन्छ...
माघे संक्रान्तिले बढ्यो कन्दमूलको व्यापार

माघे संक्रान्तिले बढ्यो कन्दमूलको व्यापार

विराटनगर । माघे संक्रान्तिका कारण तरुल, सुठुनी लगायत कन्दमूलको व्यापार बढेको छ । हाट बजार तथा पसलहरूमा सोमबार बिहानैदेखि चहलपहल छ । मङ्गलबार, माघ १ गते अर्थात माघे संक्रान्ति पर्व भएकाले बजारमा कन्दमूलको व्यापार बढेको हो । विराटनगरको गुद्री बजारसहित हटियाहरूमा पनि चहलपहल बढेको छ । विराटनगरका व्यापारीहरूले तराईका विभिन्न क्षेत्रसहित पहाडी जिल्लाबाट कन्दमूल ल्याएर बिक्री गर्ने गरेका छन्  । प्रत...
धनकुटाको पाख्रीबासमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु

धनकुटाको पाख्रीबासमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-३ जोउटारमा सुँगुर बोकेको पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पिकअप चालक पाख्रीबास नगरपालिका–९ उत्तरपानीका ३९ वर्षीय शुक्रबहादुर तामाङ र सह-चालक लहान नगरपालिका-५ सिराहाका २४ वर्षीय प्रमोद मल्लिकको मृत्यु भएको हो । मल्लिकको घटनास्थलमै मृत्यु भएको थियो । तामाङलाई जिल्ला अस्पताल धनकुटा पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय धन...
मोरङको सुन्दरहरैँचामा भेटियो द्वन्द्वकालमा राखेको सिलिण्डर बम

मोरङको सुन्दरहरैँचामा भेटियो द्वन्द्वकालमा राखेको सिलिण्डर बम

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-७ मालती पुल आसपासमा सिलिन्डर बम फेला परेको छ । तीन-चार दिनदेखि खोजी गरिरहेको सेनाको टोलीले आज सिलिन्डर बम फेला पारेको हो । मोरङ प्रहरीका अनुसार द्वन्द्वकालमा नै बम राखिएको सूचना आएपछि नेपाली सेनाको प्राविधिक टोलीसहितले केही दिन अघिबाट खोजी कार्य सुरु गरेको थियो । ‘त्यो ठाउँमा द्वन्द्वकालमा नै बम राखिएको भन्ने सूचना आएको थियो’, जिल्ला प्रहरी कार्यालय मोर...
विराटनगरको एक होटलमा भारतीय नागरिक मृत फेला

विराटनगरको एक होटलमा भारतीय नागरिक मृत फेला

विराटनगर । विराटनगरको इष्टर्न स्टार होटलमा एक जना भारतीय नागरिक मृत फेला परेका छन् । भारतको बिहार पूर्णिया घर भएका ३५ वर्षीय दीपककुमार साह मृत फेला परेका हुन् । बुधबार सियाराम नामक कपडा कम्पनीमा काम गर्ने समूह विराटनगरमा ‘रिफ्रेसमेन्ट’ का लागि विराटनगर आएको थियो । मोरङ प्रहरीका अनुसार साह पनि सोही कम्पनीमा काम गर्थे । होटलमा बेलुका कक्टेल डिनरसहितको कार्यक्रम भएको थियो । सोही क्रममा साहले बढी ...
कोशी प्रदेशका पहाडी जिल्लामा हिमपात, चिसोले जनजीवन प्रभावित

कोशी प्रदेशका पहाडी जिल्लामा हिमपात, चिसोले जनजीवन प्रभावित

विराटनगर । कोशी प्रदेशका पहाडी जिल्लाहरुको उत्तरी भेगमा हिमपात भएको छ । संखुवासभा, ताप्लेजुङ र तेह्रथुमको उत्तरी भेगमा हिमपात भएपछि सो क्षेत्रको जनजीवन प्रभावित भएको छ । संखुवासभाको चैनपुर नगरपालिका-१ गुफापोखरी आसपास क्षेत्रमा मङ्गलबार रातीदेखि हिमपात सुरु भएको हो । गुफापोखरीसँगै किमाथाङ्का, मकालु, मङ्गलबारे लगायत क्षेत्रमा हिमपात भएको छ । यता, ताप्लेजुङको पाथीभरा मन्दिरसहित आसपास क्षेत्रमा पनि...
विराटनगरमा माघ ११ बाट विराट एक्स्पो

विराटनगरमा माघ ११ बाट विराट एक्स्पो

विराटनगर । विराटनगरमा माघ ११ गतेबाट विराट एक्स्पो सुरु हुने भएको छ । आयोजक उद्योग सङ्गठन मोरङले सोमबार पत्रकार सम्मेलन गरेर एक्स्पोको तयारी भइरहेको जानकारी दिएको हो । विराटनगरस्थित डिग्री क्याम्पस परिसरमा हुने एक्स्पो १० दिन अर्थात माघ २० गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा औद्योगिक तथा कृषि उत्पादन, अटोमोबाइल्स, सूचना तथा डिजिटल प्रविधि लगायतका २६८ स्टल रहने एक्स्पो व्यवस्थापन समिति संयोजक भोलेश...
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प जाँदा नेपालमा ठूलो धक्का महसुस

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प जाँदा नेपालमा ठूलो धक्का महसुस

विराटनगर । नेपाल-चीन सीमा क्षेत्रस्थित तिब्बतको दिंगे कान्टीलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको ठूलो धक्का नेपालमा महसुस भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार बिहान ६ बजेर ५०  मिनेटमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । नेपालका अधिकांश जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । पूर्वी नेपालमा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । चीनसँग सीमा जोडिएको पूर्वी नेपालको उत्तरी क्षेत्र सोलुखुम्बु,  संखु...
आयातित पेय पदार्थलाई बिस्थापित गर्दै स्थानीय उत्पादनलाई प्रयोगमा ल्याउने गाउँ

आयातित पेय पदार्थलाई बिस्थापित गर्दै स्थानीय उत्पादनलाई प्रयोगमा ल्याउने गाउँ

विराटनगर । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१४ बुइपाका स्थानीयले आयातित पेय पदार्थ प्रयोगमा रोक लगाएका छन् । गाउँघरमा हुने धार्मिक तथा सामाजिक कार्यक्रम तथा अन्य समयमा पनि आयातित पेय पदार्थमा रोक लगाएका हुन् । वडाका चार वटा टोलमा अभियानले तीव्रता पाएको वडाध्यक्ष दिनेश कुमार राईले बताए । ‘सूर्योदय टोल विकास संस्थाले झण्डै दुई वर्ष अगाडि यो कार्यको  सुरुवात गरेको थियो’, वडाध्यक्ष राईले ...
धनकुटाको भेडेटारमा फुड फेस्टिभलको रौनक

धनकुटाको भेडेटारमा फुड फेस्टिभलको रौनक

धनकुटा । पूर्वी नेपालको प्रमुख पर्यटकीय स्थल धनकुटाको भेडेटारमा अहिले फुड फेस्टिभलको रौनक छ । अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर हरेक बर्ष झै यो वर्ष पनि आयोजना गरिएको फुड फेस्टिभल अर्थात खाना महोत्सवले भेडेटारको चिसो मौसमलाई तताएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले होटल एशोसिएसन भेडेटारले १२ औं भेडेटार फुड फेस्टिभल आयोजना गरेको हो । अङ्ग्रेजी नयाँ वर्ष २०२४ को अन्तिम दिन मङ्गलबार कोशी ...
निर्वाचित भएको महिना दिन नबित्दै विवादमा मुछिए मोरङको ग्रामथानका अध्यक्ष माझी

निर्वाचित भएको महिना दिन नबित्दै विवादमा मुछिए मोरङको ग्रामथानका अध्यक्ष माझी

विराटनगर । गाउँपालिका अध्यक्षमा निर्वाचित भएको एक महिना नबित्दै मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझी विवादमा मुछिएका छन् । गत मंसिर १६ गते सम्पन्न उपनिर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका माओवादी नेता माझी अवैध माटो उत्खनन गर्नेलाई संरक्षण गर्न लागिपरेको भन्दै आलोचित भइरहेका छन् । अवैधानिक रुपमा भइरहेको माटो उत्खनन रोक्न प्रहरीलाई पत्र पठाउँदा अध्यक्ष माझीले गाउँपालिकाका प्रमुख प्र...
मोरङको बुढीगंगामा यस्तो बन्नेछ प्रदेश बसपार्क 

मोरङको बुढीगंगामा यस्तो बन्नेछ प्रदेश बसपार्क 

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ बौरहामा प्रदेश स्तरीय बसपार्क निर्माण हुने भएको छ । १७ बिगाहा ऐलानी जग्गामा निर्माण हुने बसपार्कको डिपिआर सार्वजनिक भएको छ । ‘बुढीखोला किनारमा निर्माण हुने बसपार्कको डिपिआर तयार भएको छ’, बुढीगंगा-२ का वडाध्यक्ष रेवती नारायण चौधरीले संगालोखबरसँग भने, ‘अबको दुई महिना पछि काम सुरु हुने भन्ने कुरा छ ।’ एसियाली विकास बैंकको सहयोगमा बन्न लागेको बसपार्कको प...
इटहरीमा राजावादीका नाममा बम आतङ्क

इटहरीमा राजावादीका नाममा बम आतङ्क

सुनसरी । सुनसरीको इटहरीमा राजावादीको नाममा आज बम आतङ्क मच्चाइएको छ । इटहरी उपमहानगरपालिका कार्यालय, भोटेपुल र वुढी खोला पुलमा बम राखेको भनेर आतङ्क मच्चाइएको हो । विभिन्न ठाउँमा बम राखेको भन्दै प्रहरी कार्यालयको नम्बरमा म्यासेज आएको थियो । सोही बमोजिम इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी र...
विराटनगरका व्यवसायी अग्रवालमाथि निर्घात कुटपिट

विराटनगरका व्यवसायी अग्रवालमाथि निर्घात कुटपिट

विराटनगर । विराटनगरका व्यवसायी विजय अग्रवालमाथि निर्घात कुटपिट भएको छ । आज बिहान करिब ११ बजे युवाहरूको समूहले व्यवसायी अग्रवालमाथि निर्घात कुटपिट गरेको हो । अग्रवाल, विराटनगरको तृष्णा होटलका सञ्चालक हुन् । उनले ट्राफिक चोकमा बालाजी कपडा पसल पनि सञ्चालन गर्दै आएका छन् । कपडा पसलमै आएर युवाहरूले उनीमाथि कुटपिट गरेका हुन् । कुटपिटबाट अग्रवालको शरीरका विभिन्न भागमा चोट लागेको छ । व्यवसायी अग्रवा...
रोकिएन बूढी खोला छेउमा अवैध उत्खनन, दुहबी नगरपालिका मुकदर्शक

रोकिएन बूढी खोला छेउमा अवैध उत्खनन, दुहबी नगरपालिका मुकदर्शक

सुनसरी । सुनसरीको दुहबी नगरपालिका मुकदर्शक बन्दा मापदण्ड विपरित माटो उत्खनन मौलाएको छ । सम्झौता बिनै अवैध तरिकाले माटो उत्खनन भइरहे पनि नगरपालिकाले कुनै ‘एक्सन’ लिन सकेको छैन । मापदण्ड विपरित उत्खनन भइरहेको बताउने नगरपालिकाले कारबाहीका लागि चासो नदेखाउनुले पनि भित्री रहस्य उब्जाउँछ । गत बिहीबार दुहबी नगरपालिका-७ भलुवास्थित बुढीखोला छेउमा मापदण्ड विपरित निजी जग्गाबाट माटो उत्खनन भइरहेको जानकारी ...
गैरनाफामूलक अस्पताल बनाउन उद्योगी कटेलद्वारा १५ करोड बराबरको सहयोग

गैरनाफामूलक अस्पताल बनाउन उद्योगी कटेलद्वारा १५ करोड बराबरको सहयोग

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-२ झोराहाटमा गैरनाफामूलक अस्पताल निर्माण गर्न उद्योगपति राजु कटेलले १५ करोड बराबरको सहयोग उपलब्ध गराउने भएका छन् । विराटनगरका उद्योगी कटेलले १४ करोड मूल्य पर्ने ७ बिगाहा जग्गा र एक करोड नगद उपलब्ध गराउने भएका हुन् । भारतको गुजरातस्थित नौतनपुरी धामका गाधिपती जगतगुरु आचार्य कृष्णमणि महाराजसहितको टोलीले झोराहाटस्थित अस्पताल निर्माणस्थलको बिहीबार निरीक्षण गरेको ...
यस्तो देखियो ग्रामथानको उपनिर्वाचन, के भन्छन् मतदाता ?

यस्तो देखियो ग्रामथानको उपनिर्वाचन, के भन्छन् मतदाता ?

मोरङको ग्रामथानमा स्थानीय तह उपनिर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । कस्तो देखियो ग्रामथानको उपनिर्वाचन, के भन्छन् मतदाता ? भिडियो हेर्नुहोस्... https://www.youtube.com/watch?v=vlsoZJrZU8k
सुनको मूल्य तोलामा १५ हजार नौ सय घट्यो

सुनको मूल्य तोलामा १५ हजार नौ सय घट्यो

विराटनगर । सुनको मूल्यमा भारी गिरावट भएको छ । आज सुनको मूल्य तोलामा १५ हजार नौ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५१ हजार तीन सय कायम भएको छ । हिजो सुन तोलामा एक लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । सरकारले भन्सार  दर घटाएपछि मूल्य समायोजन गरिएको महासङ्घले जनाएको छ । सरकारले सुनको भन्सार दर २० बाट १० प्रतिशतमा झारेको छ । यस्तै...
धनकुटामा गरियो एभोकाडोसहित स्थानीय उत्पादनको प्रदर्शनी

धनकुटामा गरियो एभोकाडोसहित स्थानीय उत्पादनको प्रदर्शनी

धनकुटा । धनकुटामा एभोकाडोसहित स्थानीय उत्पादनहरुको प्रदर्शनी गरिएको छ । धनकुटा नगरपालिकाले स्थानीय उत्पादनको प्रवद्र्धन र किसान एवं उद्यमीहरुलाई प्रोत्साहनका लागि नगरपालिकाको प्राङ्गणमा मगलबार एक दिने प्रदर्शनी आयोजना गरेको हो । पूर्व राज्यमन्त्री एवं प्रदेश सभा सदस्य निरन राईले दिप प्रज्वलन गरेर प्रदर्शनी उद्घाटन गरे । कार्यक्रममा बोल्दै सांसद राई, जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङ, धनकुट...
धनकुटा नगरमा वाडाङमेटको स्थानीय बिदा

धनकुटा नगरमा वाडाङमेटको स्थानीय बिदा

धनकुटा । धनकुटा नगरपालिकाले भोलि शुक्रबार स्थानीय बिदा दिएको छ । धनकुटामा बसोवास गर्ने आठपहरिया जातिको मुख्य पर्व वाडाङमेटको अवसरमा नगरपालिकाले एक दिन बिदा दिएको हो । स्थानीय आठपहरिया जातिको महान पर्व भएकाले बिदा दिइएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए । ‘आठपहरियाहरुको मुख्य थलो धनकुटा नै हो, उहाँहरूको मुख्य पर्व भएकाले वाडाङमेटमा हरेक वर्ष बिदा दिने गरिएको छ,’ नगर प्रमुख ता...
सांसद राईले दिए १० जनालाई ह्वीलचियर

सांसद राईले दिए १० जनालाई ह्वीलचियर

धनकुटा । पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले अपाङ्गता भएका धनकुटाका १० जना व्यक्तिहरूलाई ह्वीलचियर प्रदान गरेका छन् । एमाले केन्द्रिय सदस्यसमेत रहेका सांसद राईले चौबिसे गाउँपालिकाका छ, पाख्रीवासका दुई तथा सहिदभूमि र धनकुटा नगरका एक/एक जना व्यक्तिलाई ह्वीलचियर दिएका हुन् । अपाङ्गता भएका सहिदभूमि-२ का तिर्थभक्त राईलाई सांसद राईले ह्वीलचियरसहित आफ्नो पारिश्रमिकबाट नगद २५ हजार सहयो...
ग्रामथान उपनिर्वाचन : उम्मेद्वार छानेर चुनावी अभियानमा होमिए दलहरू

ग्रामथान उपनिर्वाचन : उम्मेद्वार छानेर चुनावी अभियानमा होमिए दलहरू

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा चुनावी सरगर्मी बढेको छ । अध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा प्रमुख दलहरू उम्मेदवारको टुङ्गो लगाएर चुनावी अभियानमा होमिएका छन् । उम्मेदवारको टुङ्गो लागेसँगै दलहरूले मतदातालाई आफ्नो पक्षमा पार्न चुनावी गतिविधिलाई तीव्रता दिएका हुन् । उनीहरूले घरदैलो अभियानसँगै चुनावी प्रचारप्रसार तिव्र पारेका छन् । ग्रामथानमा सबैभन्दा पहिला नेकपा माओवादी केन्द्रले उम्मेदव...
पर्यटकीय सम्भावना बोकेको लेगुवा झरना ओझेलमा

पर्यटकीय सम्भावना बोकेको लेगुवा झरना ओझेलमा

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-२ र ३ स्थित चोक्ताङमा रहेको लेगुवा झरना ओझेलमा परेको छ । भौतिक पूर्वाधार र प्रचारप्रसारको अभावले झरना ओझेलमा परेको हो । लेगुवा झरना नजिकै धोबीखोला र झाँक्री झरना पनि छन् । जसले यो स्थानको रौनकता बढाएको छ । तर पर्यटनको प्रचुर सम्भावना बोकेर पनि यो स्थान भौगोलिक विकटताका कारणले पछि परिरहेको छ । पछिल्लो समय फाट्टफुट्ट मानिसहरू झरनाको अवलोकनका लागि आउन थालेका...
error: Content is protected !!