धनकुटामा लागू गरियो ‘टाइम कार्ड’
धनकुटा । पूर्वी पहाडी जिल्लामै पहिलो पटक धनकुटामा आजबाट सवारी साधनमा टाइम कार्ड लागू गरिएको छ । सवारी दुर्घटना बढ्दै गएपछि त्यसलाई न्यूनिकरण गर्न भाडाका यात्रुबाहक सवारी साधनमा टाइम कार्ड लागू गरिएको हो ।
गत जेठ ९ गते बसेको सरोकारवालाहरूको बैठकले दुर्घटनाको तथ्याङ्क विश्लेषण गरेर त्यसलाई कम गर्न टाइम कार्ड लगाउनु उपयुक्त हुने निष्कर्ष निकालेको थियो । सोही अनुसार आज भेडेटारमा आयोजित कार्यक्रममा ...































