संगालोखबर
फाइल तस्वीर

विराटनगर । मोरङको बेलबारी नगरपालिका-९ बाँसबारीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भएको हो ।

आफ्नै घरनजिकको खेतमा पानी लगाउन गएका बेला आज बिहानका राति करिब ३ बजे हात्तीले अमिनालाई आक्रमण गरेको प्रहरीले जनाएको छ । हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको थियो ।

Advertisement

उनको उपचारका क्रममा बिहान ८ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अमिनासँगै वन्दना राजवंशी पनि खेतमा पानी लगाउन गएकी थिइन् । उनले भागेर ज्यान जोगाएको प्रहरीको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!