संगालोखबर


विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-६ कोयलपुरस्थित सुनसरी-मोरङ सिँचाइ आयोजनाको नहरनजिक महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार शनिवार दिउँसो करिब ४ बजे शव फेला परेको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार शव सडेर दुर्गन्धित अवस्थामा फेला परेको हो । दुर्गन्धित र कीरा परेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

महिलाको पहिचान खुल्न बाँकी छ । कानुनी प्रक्रिया पूरा गरेर शव पोष्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको छ भने पहिचानको प्रयास पनि भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!